राजनीतिराष्ट्रिय समाचार

दोस्रो चरण निर्वाचनको मौन अवधि शुरु

१९ मंसिर, काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका  लागि गत राती १२ बजेदेखि मौन अवधि शुरु भएको छ । राजनैतिक दल र उम्मेदवारले मौन अवधि शुरु भएदेखि प्रचार तथा भोट माग्ने काम गर्न पाउने छैनन् । निर्वाचन आयोगले मतदान हुनु भन्दा ५५ घण्टापूर्व नै मौन अवधि सुरु गरेकाले यस अवधिमा कुनै प्रकारको प्रचार-प्रसार गर्न पाइने छैन ।

निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहिता विपरीतका काम गरेको भेटिएमा उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिएको छ । ‘यो समय मतदाताको हो, यस अवधिमा मतदाताले उम्मेदवारबारे अध्ययन गर्ने तथा मतदान कसलाई गर्ने भन्ने निर्णय लिने बेला हो ।’ ‘निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै प्रकारले मतदातालाई प्रभावित पार्ने काम हुनुहुँदैन,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल ।

दोस्रो चरणको निर्वाचन अन्तर्गत मंसिर २१ गते बिहिवार राजधानी काठमाडौंसहित इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके, बर्दिया ,सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी गरी ४५ जिल्लामा निर्वाचन हुँदैछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!