राजनीतिराष्ट्रिय समाचार

दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा : निर्वाचन आयोग

२० मंसीर, काठमाडौँ । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत भोली हुन लागिरहेको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिदै  निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सुरक्षाको बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन् । ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आममतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।

यादवले निर्वाचनमा जनताको उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएकोसमेत बताए। निर्वाचनको तयारीका क्रममा व्यापक जनसहभागिता देखिएको छ, आममतदातामा उत्साह छाएको छ, त्यसैले दृढतापूर्वक मतदान गर्न म यही मञ्चबाट आह्वान गर्दछु।’

यादवले निर्वाचनको व्यवस्थापकीय कामसमेत आयोगले पूरा गरिसकेको जानकारी दिए। उनले भने,‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्यव्यवस्थापकीयकाम सम्पन्न भैसकेको छ, आयोग अहिले २४ सै घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए सबै समस्याहरु समाधान गर्नका लागि हामी तयारी अवस्थामा बसेका छौं।’

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!