धर्म-सस्कृति

धर्म संस्कृति किन आवश्यक छ ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

हरेक व्यक्ति समुदायका मानिसहरूले मान्ने धर्म आफ्नै मौलिकतामा आधारित हुन्छ भने त्यो धर्मको छाता संगठन नेपालका लागि सनातन हिन्दू धर्म जायज छ तर यसलाई हटाएर विदेशी धर्म फस्टाउन राम्रो सहयोग गरेको पाइन्छ ।यसको ठोस कारण भनेको बेरोजगारीलाई मान्न सकिन्छ ।

मानिसको मनमा इमान्दारिता पैदा गराउनमा धर्म संस्कृतिको ठूलो हात छ । बुबाको अर्ति-उपदेश नमान्ने सन्तान कुमार्गमा लाग्ने गरेको पाइन्छ । हरेक गलत कामलाई धर्म संस्कृतिले रोकेको हुन्छ । आज गल्तीमाथि गल्ती गर्दै जानु यहाँ बाटो देखाउने व्यक्ति नै गलत छ भनेपछि पछि हिड्ने मानिस ठिक भन्न कदापि सकिने छैन । आज जतिपनि गलत काम भएको छ सवै धर्म संस्कृति त्याग्नाले भएको छ । धर्म संस्कृतिले आफ्नै मौलिकतामा पोशाक झण्डा नाम थर जस्ता विषयलाई पुरा ध्यान पर्याएको हुन्छ ।

धर्म भनेको संस्कृतको ‘धृ’ धातुबाट बनेको हो । यसको अर्थ हुन्छ– धारण गर्नु । ‘धृ धारयति इति धर्मः । ’ ‘धारणाद धर्मः’ अर्थात् धर्म त्यो हो जसले हामीलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति÷प्रगतितर्फ अग्रसर गराउँदछ । आध्यात्मिक शक्तिहरूमा विश्वास गर्नु धर्म हो । धर्म क्रियाको एउटा विधि हो । विश्वास गर्ने एक व्यवस्था हो । धर्मद्वारा सामाजिक एकीकरण हुन्छ । ‘हामी’ भन्ने भावनाको विकास हुन्छ । धर्मले व्यक्तिलाई आपतविपतमा धैर्यधारण गरी कार्य गर्ने, साहसपूर्वक सङ्कटको सामना गर्ने, असल काम गर्ने प्रेरणा प्रदान गरी सहयोग गर्छ ।

धर्मले पवित्र र अपवित्रमा फरक बुझाउने कार्य गर्छ । पवित्रता, स्वच्छता र शुद्धता नै धर्म हो । पाप पुण्यको विश्लेषण गरेर पापयुक्त नराम्रो कार्य नगर्न सचेत गर्छ । यसले कुबाटोमा लाग्न निषेध गर्छ । निराशा, उदासिनता र अविश्वासका कारण मानिस असामाजिक क्रियाकलापमा संलग्न हुन थाल्छ । अतः धर्मले सचेतना प्रदान गर्ने ठूलो कार्य गरिरहेको हुन्छ । विश्वमा धेरै थरीका धर्म छन् । खास गरेर हिन्दु, बौद्ध, जैन धर्म प्रचलित छन् भने अरबी देशमा इस्लाम र पश्चिमा जगत्मा इसाई धर्म बढी प्रचलित छन् ।

हाम्रा राजनेताहरू अङ्ग्रेजी शब्द ‘सेक्युलर’ को अर्थ नजानेर भोट तुष्टिकरण (लाभहानीमा) लागेर धर्म निरपेक्ष शब्द भारतको संविधानबाट उधारो लिएका छन् । भारतीय संविधानमा पनि १९७६ ई. को ४२ औं संशोधनमा मात्र समावेश भएको शब्द हो यो । आइन्स्टाइनले लेखेका छन्– विज्ञान धर्मविना अन्धो हुन्छ, धर्म विज्ञान विना लङ्गडो हुन्छ तर यहाँ प्रमुख ठूला पार्टीले आफ्नो परापूर्वको सनातन धर्मको इतिहासलाई त्यागेर पश्चिमा इसाई मुलुकका लहलहैमा धर्म निरपेक्ष घोषणा गरेर ठूलो गल्ती गरेको देखिन्छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

धर्म संस्कृति र यसको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!