स्वास्थ्य

शरीरलाई स्वास्थ्य राख्नको लागी ध्यान दिनुपर्ने ३१ उपायहरु

चन्द्रकला भट्टराई बस्नेत
चन्द्रकला भट्टराई बस्नेत

भनिन्छ स्वास्थ्य मानिसको सवभन्दा ठुलो सम्पति हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार “स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो ।” रोग र दुर्बलता बाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ ।” (डब्लु.एच.ओ, १९४६)

हामीले जस्तो खानपीन गर्छौं त्यस्तै असर हाम्रो शरीर र मन मस्तिष्कमा पर्ने गर्दछ । मनुष्यको शरीरमा करिब ६० हजार अरबदेखि १ लाख अरब जति कोष हुन्छन् र मानव शरीरमा प्रति सेकेण्ड १ अरब रासायनिक क्रियाहरू हुन्छन् । ती रासायनिक क्रियाहरूको नियन्त्रण सुनियोजित ढंगबाट हुन्छ र उचित समयमा हरेक कार्यको सम्पादन हुन्छ । सचेतन मनद्वारा शरीरका सबै संस्थानहरूलार्इ नियत समयमा क्रियाशील गर्ने आदेश मस्तिष्कको पिनियल ग्रन्थिका माध्यमबाट स्रावहरू (हार्मोन्स) मार्फत हुने गर्छ । तिनीहरूमा मेलाटोनिन र सेरोटोनिन नामका हमोर्नहरू मुख्य छन्, जसको स्राव दिन-रातको कालचक्रका आधारमा हुन्छ ।

अत: हामी के खान्छौँ, कसरी सुत्छौँ भन्ने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छ हामी कहिले खान्छौँ वा कतिबेला सुत्छौँ । आजकल अधिकांश रोगहरूको भनेको कारण अस्त-व्यस्त दिनचर्या तथा विपरीत आहार नै हो । यदि हामीले आफ्नो दिनचर्यालार्इ शरीरको जैविक घडी अनुरूप बनायौ भने शरीरका विभिन्न अंगहरूको सक्रियताको अनायास नै हामीलार्इ लाभ हुनेछ । यस प्रकार अलिकति सजगताले नै हामीलार्इ स्वस्थ जीवन प्राप्त हुनेछ । शरीरलाई स्वास्थ्य राख्नको लागी ध्यान दिनुपर्ने ३१ उपायहरु यस प्रकार छन् ।

१. दैनिक ८ गिलास पानी पिउने ।

२. दैनिक रूपमा साग खाने ।

३. खानामा सलाद समावेश गर्ने ।

४. टुसा उम्रेका अनाज खाने ।

५. बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने ।

६. मौसम अनुसारका फलफूल खाने ।

७. चिसो पेय पदार्थ नपिउने ।

८. चिया-कफी धेरै नपिउने ।

९. रेसायुक्त तरकारी खाने ।

१०. नुन कम खाने बढी गुलियो नखाने ।

११. तारेको र डढेको नखाने ।

१२. तरकारीको बोक्रा नफाल्ने ।

१३. भुटेको भटमास, मकै, चना खाने ।

१४. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने ।

१५. खाना खाने बित्तिकै नसुत्ने ।

१६. चाँडै सुत्ने र चाँडै उठ्ने ।

१७. ८ घण्टा मस्त सुत्ने ।

१८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने ।

१९. बिहान कम्तिमा ३० मिनेट हिड्ने ।

२०. व्यायाम गर्ने तनावमा काम नगर्ने ।

२१. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवार सहित घुमफिर गर्ने ।

२२. प्रार्थना, पुजापाठ गर्ने ।

२३. जंकफुड, फास्टफुड सेवन नगर्ने ।

२४. बेलाबेलामा मनोरञ्जन गर्ने ।

२५. हरेक ६/६ महिनामा शरीर चेकअप गराउने ।

२६. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने ।

२७. शाकाहारी खानपान शैली अपनाउने ।

२८. दिनहुँ एकपटक मजाले हाँस्ने ।

२९. आफूलाई कमजोर नसम्झने ।

३०. सकारात्मक सोचाई राख्ने ।

३१. ध्यान गर्ने ।

कम्तीमा १०० जनालाई शेयर गरी आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ ।

*इलामको घुर्मुसे पंचमी निवासी चन्द्रकला भट्टराई बस्नेत शिक्षिका हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!