आयुर्वेद

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाल नेपालमा एभोकाडोको बोट लगाउने प्रचलन बढ्दै गएको देखिन्छ । एभोकाडो कहाँदेखि आएको थियो भन्ने कुरा जान्न आवश्यक छ । मानव स्वास्थ्यमा एभोकाडोको राम्रो स्थान स्वास्थ्य क्षेत्रमा रहेको देखिन थालेको छ । हरेक बस्तुको जानकारी सर्बसाधारणलाई समेत भएमा यसबाट सर्बसाधारणले समेत फाइदा उठाउन सक्ने विश्वास गरिएको छ । एभोकाडो पूएब्बा र मेक्सिकोमा पाइने रूख हो तर अहिले थुप्रै देशहरूमा यसको बोट लगाउने गरेको पाइन्छ ।

एभोकाडोको प्रयोग स्वास्थ्यमा बढी प्रयोग हुन थालेदेखि मानिसको ध्यान यसतर्फ गएको धेरैको मत छ । यदि तपाईं मोटोपना कम गर्न चाहनु भएको छ भने वा छालालाई राम्रो बनाउन चाहना भएमा वा क्यान्सर, मधुमेह र हृदय रोगबाट आफुलाई बचाउन छ भने अबदेखि एभोकाडो खाने गर्नुहोस् ।

एभोकाडोमा धेरै मात्रामा हाई-फैटी एसिड हुन्छ । एभोकाडोमा कोलेस्ट्रोलको स्तर कम हुने हुनाले मुटुका रोगीलाई समेत वेफाइदा नगर्ने देखिएको छ । एभोकाडो काचै खान मिल्ने फल अन्तर्गत पर्दछ । एभोकाडोमा फैटी एसिडको राम्रो स्रोत हो भने यसमा शुगर कम पाइन्छ ।

एभोकाडोमा कैल्शियम, आइरन, मैग्नीशियम, पोटेशियम, तांबो, मैंगनीज, फॉस्फोरस र जस्ता बढी पाइन्छ । स्वास्थ्यलाई फाइदा हुने खालका फलफूल आफ्नो बारीमा रोपेर फाइदा लिन नभुलौ भन्ने हाम्रो राय छ ।

एभोकाडोका अन्य फाइदाहरु यस्ता छन्

१. एभोकाडोमा धेरै फाइबर हुने हुनाले कब्जियत हटाउन ठुलो मद्दत गर्दछ ।

२. पेट सफा हुनुको साथै सास गनाउने समस्या समेत यसले फाइदा गर्दछ ।

३. एभोकाडोको नियमित सेवन गर्नाले मानिसको छाला नरम हुनुको साथै सुन्दर प्रदान गर्दछ ।

४. लिभरको रोगमा समेत यो औषधि उपयोगी छ । हेपाटाइटिसको कारणबाट लिभरमा भएको असरलाई समेत हटाउने काम गर्दछ ।

५. आँखाको रोगमा समेत उपयोगी छ । यसको प्रयोगले मोतियाविन्दुलाई समेतलाई फाइदा गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि नासपाती खानुका फाइदाहरु

स्वास्थ्यको लागि बेलौती खानुका फाइदाहरु

स्वास्थ्यको लागि केरा खानुका फाइदाहरु

स्वास्थ्यको लागि काउली खानुका फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

स्वास्थ्यको लागि मूला खानुका फाइदाहरु

स्वास्थ्यको लागि गाजर खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!