विज्ञान जिज्ञासा

अमिलो खाँदा दाँत किन कुडिन्छ ?

मानव शरीरको एकदमै महत्वपूर्ण अंग हो, दाँत । प्रायः मानिसले दाँतलाई आफ्नो प्राथमिकतामा राख्दैनन् । तर, यसको महत्व खानेकुरा चपाउनदेखि मानिसको सौन्दर्यसम्म जोडिएको हुन्छ । अमिलो बस्तुमा एकदमै अम्लीय तत्व रहेको हुन्छ, मतलब यसमा धेरै मात्रामा एसिड रहेको हुन्छ । कागती, निबुवा, भोगटे जस्ता अम्लीय खानेकुराहरूको अधिक सेवनले दाँत र बलियो एसिडको व्यापक सम्पर्क हुने गर्छ । यसले दाँतलाई सुरक्षा गर्ने इनामेललाई खियाई दाँतलाई संवेदनशील बनाउँदछ । धेरै अमिलो खानेकुरा खाँदा दाँत कुडिन्छ र दाँत कुडिएको बेला चिसो वा तातो पदार्थ खाँदा दाँत सिरिङ्ग बनाउँछ ।

प्रायः अमिलो खाँदा दाँत कुडिने समस्या हुन्छ । दाँत कुडिदा कुनै पनि कडा वस्तु चपाउन निकै मुस्किल पर्ने हुन्छ । दाँत कुडिनुको कारण, दाँतको सबभन्दा भित्र पल्प क्याभिटी, बीचमा डेन्टाइन र बाहिर इनामेल हुन्छ । दाँत कुडिनुसँग सम्बन्धित तह इनामेल हो । यसमा खासगरी क्याल्सियम सहित अन्य खनिज पदार्थहरू पाइन्छन् । इनामेल एमेलोवास्ट भन्ने एक प्रकारको कोषहरूबाट बनेको हुन्छ र यसको मुख्य काम डेन्टाइललाई जोगाउनु हो । अमिलो खाँदा अमिलोमा भएको साइट्रिक अम्लले अनामेलको लेपलाई असर पुर्याइदिन्छ । जसले गर्दा डेन्टाइनमा असर पुग्दछ । यसैलाई हामी कुडिएको भन्दछौँ ।

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत कसरी माझ्ने ?

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

दाँत कसरी सुरक्षित गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!