स्वास्थ्य

दाँतको रोग र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव शरीरको सवैभन्दा महत्वपूर्ण अंग भनेको दाँत हो । दाँत किन झर्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित रहन आवश्यक छ । पानीमा हुने (Flourine) को कमिलाई दाँत झर्नुको प्रमुख कारण मानेको छ । हुनत दाँत खराब हुनुमा एसिडको पनि ठूलो हात छ ।

दाँत किन झर्छ ? भन्ने प्रश्न हरेकको दिमागमा हुनसक्छ । जति-जति समए परिवर्तन भएको छ त्यसरी नै दाँत अझ झर्ने क्रम अझ बढ्दैछ । हामीले खाने गुलियो पदार्थले दाँतमा बढी प्रभाव पार्दछ । दाँत सड्नुको अर्को प्रमुख कारण हो खानपिन । हाम्रो भोजनमा प्रयाप्त क्यालशियम नहुनाले पनि दाँतमा असर हुनथाल्दछ ।

यो पनि पढ्नुहोस्  

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

प्राकृतिक उपचार र यसको महत्व

मोतियाविन्दु र यसको उपचार

खोकी (Cough) र यसको उपचार

मधुमेह (Blood Sugar) र यसको उपचार

हाइपोटेन्सन र यसको उपचार

ग्यास्टिकको कारण र घरेलु उपचार

तरकारी र फलफूलको सेवन गर्दा थूकलाई बढी क्षार युक्त बनाउनाले एसिड कम बन्न थाल्दछ । खाना खानासाथ हामीले ब्रस गर्छौं भने दाँत झर्ने प्रक्रियामा कमी आउन सक्छ । यस्को ठोस कारण हो मुखमा एसिड बन्न नपाउनु । जब-जब एसिड बढ्न थाल्छ तब तब दाँतलाई असर हुन थाल्दछ । दाँत खराब हुनुमा एसिडको ठूलो हात छ । दाँतमा एसिड बन्नबाट रोक्न दाँत नियमित साफ गर्ने बानी बसाल्नु पर्दछ ।

अन्नमा यदि प्रयाप्त क्यालसियम हुदैन भने यस्को असर हाम्रो दाँतमा पर्न थाल्दछ । धर्तीबाट प्रयाप्त पानीमा थुप्रै तत्वहरू हामीलाई प्रयाप्त हुने गरेको हुन्छ । यदि पानीमा फ्लोरीनको मात्रा बढी हुन्छ भने दाँतमा दाग देखिन सक्छ । दाँतमा फ्लोरीन बढी भएमा मैला मात्र हुने हो दाँतलाई कुनै असर गर्दैन । दाँतलाई नियमित सफा गर्ने बानी बसाल्नु पर्दछ । दाँतलाई सफा नगर्नाले सास गनाउने हुन्छ ।

Like & Follow us on Facebook

डाक्टर चार्ल्स-जोन्सले Home and Homeopathy नामक पत्रिकामा यसरी लेखेका छन् ।

A fresh new stick is used each day,and we cannot but admit that this method is far more hygienic and effective than our method of using over and over again a filthy germ laden tooth brush, which it is impossible to sterilize by any means. The ancient antiseptic and refreshing properties of the Miliich Azederoch and ongifere milizh sticks hundreds of years before the Allopathic world knew anything of this value.

I have not yet come across a person who is habitual use of Neem sticks,who suffers from pyorrhea or other local infections of the mouth.

भन्नुको अभिप्राय थियो दाँतको सफाई नियमित गर्नाले दाँत सड्नबाट रोक्नुको साथै दाँत झर्नबाट समेत रोक्दछ । एलोपैथिक दन्त मन्जन भन्दा आयुर्वेदिकमा नीमको दतियोन सवैभन्दा उपयुक्त भनेको छ । ताजा जडिबुटी बाट दतियोन गर्नाले स्वास गनाउने जस्ता समस्या हल हुन सक्ने सवैको मान्यता छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!