आयुर्वेद

औषधिको रुपमा बहुउपयोगी दालचिनीको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पूर्वीय चिकित्सा पद्धति र आयुर्वेद ग्रन्थहरूमा दालचिनीको प्रयोग गाउँघरमा वाकवाकी, उल्टी हुँदा खान दिने गरेको पाइन्छ र यसका प्रभावकारिता पनि देखिएको छ । खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ । दालचिनीको सेवन दूधसँग पनि गर्न सकिन्छ । दालचिनीको धूलो दूधमा राखेर पिउनाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

दालचिनीको इतिहास हेर्दा श्रीलङ्काबाट अन्यत्र फैलिएको मानिन्छ । दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीयुक्त गुण पनि रहन्छ । दालचिनीको प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मद्दत गर्छ । यस्ता समस्यामा दालचिनीले फाइदा गर्छ ।

दालचिनीसंग अन्य औषधि मिश्रण गरी प्रयोग गर्नाले ठिक हुने रोगहरू

१. वाकवाक लाग्दा एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने । खासगरी गर्भावस्थामा, मोटर चढेको बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ ।

२. एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनिको धुलो महमा मिसाएर दिनको तीन चोटी एकएक चम्चा खाँदा फाइदा पुग्छ ।

३. दालचिनीलाई मसिना टुक्रा पारेर थोरै पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुस्दा स्वास गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. अदुवाको धुलो र आधा चम्चा दालचिनिको धुलो पानीमा पकाउने, पानी उम्लेपछि कागती र मह हालेर खादाँ स्वाद बढनुको साथै चिसो हटाउन पनि मद्धत गर्छ ।

५. आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउन घाँटी दुख्न कम हुन्छ ।

नोट : दालचिनी गरम मसला अन्तर्गत पर्ने भएकाले योग्य वैद्यको रेखदेखमा औषधि खान दिनाले राम्रो फाइदा हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

गाजा र यसको उपयोगिता

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!