आयुर्वेद

सुकमेल र मानव स्वास्थ्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मसलाको रूपमा प्रयोग हुने सुकमेल स्वास्थ्यका लागि कति महत्वपूर्ण छ भन्ने कुरा हरेकले बुझ्न आवश्यक छ । यो सामान्यतया: विभिन्न प्रकारका भोजनहरुमा मिठो स्वाद बढाउन प्रयोग गरिन्छ । तर यो बाहेक यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । यसको नियमित रुपमा प्रयोग गर्नाले हाम्रो शरीरमा हुने फाइदाहरु थाहा पाउनुहोस् ।

सुकमेल लामो समयसम्म खानाले पित्त पत्थरी र Kidney Stone जम्न सक्छ । हुनत: कुनै पनि वस्तुको सेवन बढी गर्छौ भने त्यसले असर नगर्ला भन्न सकिदैन । हामीले सेवन गर्ने कुनै पनि वस्तुको सहि जानकारी लिएर मात्र सेवन गर्न सके ठूलो उपलब्धि हुने देखिन्छ ।

सुकमेलको प्रयोग

१. मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकमेल निकै प्रभावकारी छ। सुकमेलमा पोटाशियम, क्याल्शियम र म्याग्नेशियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुज (Tissues) को मुख्य तत्व पोटेशियम हो । सुकमेलमा पोटाशियम पर्याप्त मात्रामा पाइन्छ ।

२. आयुर्वेदमा सुकमेलको परिणाम गर्मी मानिएको छ । जसले शरीरको लागि गर्मी दिन्छ । त्यसकारण यसको सेवन गर्नाले तपाईको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ।

३. सुकमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ । मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ । यदि तपाई पनि प्रतिदिन दुईदेखि तीन वटासम्म सुकमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ ।

४. यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउछ । यदी तपाईको मुख धेरै गनाउछ र मान्छेहरु तपाइको छेउमा पर्न हिचकिचाउछन् भने हर समय एउटा सुकमेल मुखमा राख्न सक्नुहुन्छ।

५. तपाई एक्लै हुनुहुन्छ र तपाई अधिक तनावमा हुनुहुन्छ भने यस्तो अवस्थामा दुई ओटा सुकमेल मुखमा हालेर चपाउनुहोस् । यसलाई चपाउनाले तुरुन्त हार्मोनमा परिवर्तन आउछ र तपाई तनावबाट मुक्त हुनुहुन्छ ।

तपाईलाई सुकमेलको फाइदा कस्तो लग्यो ? आफ्नो प्रतिक्रिया ब्यक्त गर्न सक्नुहुनेछ कमेन्ट बक्समा, साथै सेयर गरिदिनुभयो भने सबैलाई जानकारी मिल्ने थियो ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बहुउपयोगी दालचिनीको प्रयोग

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!