आयुर्वेद

मसलाको राजा ल्वाङ र मानव स्वास्थ्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ल्वाङलाई मसलाको राजा मानिन्छ । यसको प्रयोग एन्टीसेप्टिकका रुपमा पनि प्रयोग गरिन्छ । यसमा हाम्रो स्वास्थ्यलाई दुरुस्त राख्ने अनेक गुणहरू रहेका हुन्छन् । ल्वाङमा विशेषतः एक प्रकारको तत्व युजेनोल हुने गर्दछ, जसले यसको बासनालाई छुट्ट्याउँछ । ल्वाङ हरेक मौसमका लागि लाभदायक छ । तर, जाडो महिनामा अझ यसको उपयोगिता अधिक हुन्छ । यसको सेवनले गर्मी पैदा गर्दछ ।

आजकाल ल्वाङबाट बनेका थुप्रै औषधि बजारमा आएका छन् । दाँतको दुखाईको समय ल्वाङको प्रयोगले पीडाबाट छुटकारा पाउन सकिन्छ । हरेक टुथपेष्ट निर्माणमा ल्वाङ अग्रस्थानमा रहेकै हुन्छ । खोकी तथा श्वास गन्हाउने समस्याका लागि पनि ल्वाङ एकदमै राम्रो उपचार मानिन्छ । यसको नियमित प्रयोगले यस्तो समस्याबाट मुक्त पार्दछ ।

ल्वाङको अन्य प्रयोग

१. ल्वाङ, तुलसी, पुदिना र अलैचीको प्रयोग गरी चिया बनाएर पिउन सकिन्छ । जसबाट मानसिक तनावबाट पनि मुक्त हुन सकिन्छ ।

२. ल्वाङ अन्य तेलहरूको तुलनामा अधिक एन्टीअक्सिडेन्ट गुणले भरिपूर्ण हुन्छ ।

३. ल्वाङको तेल दाँतमा राख्नाले दाँतको पिडाबाट मुक्त गर्दछ ।

४. सास गनाउछ भने नियमित एउटा ल्वाङ मुखमा राख्नाले यो समस्या हल गर्दछ ।

५. कुनै विषालु प्राणीले टोक्दा, काटेको अवस्थामा, घाउ भएमा एवं कुनै भाइरसको इन्फेक्सनको अवस्थामा ल्वाङको प्रयोग गर्न सकिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सुकमेल र मानव स्वास्थ्य

औषधिको रुपमा बहुउपयोगी दालचिनीको प्रयोग

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधीको रुपमा तितेपातीको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय


साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!