आयुर्वेद

होम्योपैथीक चिकित्सा पद्धति र यसको इतिहास

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

होम्योपैथीक यस्तो चिकित्सा पद्धति हो जसले केवल लक्षणको आधारमा उपचार गर्नुपर्छ भन्ने कुरामा बढी जोड दिएको छ । यो आधुनिक युग हो । आधुनिक युगमा निदान गर्ने थुप्रै माध्यमहरु आई सकेका छन् । यस्तो युगमा हामीले पुरानो सोचलाई बदल्न सक्नुपर्छ । मानिसको हरेक रोगमा भिन्न-भिन्न लक्षण हुन सक्छ । हरेक लक्षण हेर्ने समय हामीसंग छैन । होम्योपैथीक चिकित्सा विज्ञानका जन्मदाता क्रिश्चियन फ्राइडरिक सैम्यूल हानेमान हुन । मानवको लागि सेफ मेडिसिनको आविष्कार गरेर ठूलो कल्याण गरेका छन् ।

यो पनि पढ्नुहोस्

होम्योपैथीक (Homeopathic) र यसको प्रभावकरिता

होम्योपैथीक औषधि र मानसिक रोग

होम्योपैथीक औषधि र दादको उपचार

होम्योपैथीक औषधि सेवनबारे जानकारी

कुकुरले टोकेको होम्योपैथीक औषधि

क्रिश्चियन फ्राइडरिक सैम्यूल हेनीमन

क्रिश्चियन फ्राइडरिक सैम्यूल हेनीमन

उहाँको सिद्धान्त अनुसार समरूपताको सिद्धान्तमा आधारित अनुसार त्यस्ता रोग जसको लक्षण त्यस्ता औषधिसंग मिलेको छ भने मात्र यो औषधिले काम गर्दछ । भनिएको छ कुनै पनि होम्योपैथीक औषधि सेवन गराउदा यदि मानिसमा सम लक्षण मिलेमा त्यस्ता रोगमा मात्र होम्योपैथीक औषधिले काम गर्दछ । होम्योपैथीक औषधिको विकास नहुनुको प्रमुख कारण पनि यही हो । हामीले होम्योपैथीक सिद्धान्तलाई केही परिमार्जन गरेर लग्न आवश्यक छ । मैले विगत २०३२ सालदेखि होम्योपैथीक औषधि चलाउदै आएको छु ।

यो औषधि सहि रोगको लक्षणको आधारमा उपचार भन्नु भन्दा सहि रोगको डायग्नोसिसको आधारमा चलाउन सके राम्रो रिजल्ट देखिएको छ । मानिसलाई समय छैन एउटै औषधिको लक्षण पर्खेर बस्न । त्यसैले आधुनिक समएमा हामीले होम्योपैथीक सिद्धान्तलाई बदलेर चलाउन आवश्यक छ । होम्योपैथीक सेफ हुँदा-हुँदै पनि आज यो पद्धति पछि परेको छ । यसको ठोस कारण भनेको यसको सिद्धान्तलाई मान्न सकिन्छ । जबसम्म हामीले यसको सिद्धान्तलाई परिमार्जन गरेर उपचार गर्ने सिस्टमलाई सुधार गर्न सकिदैन तबसम्म होम्योपैथीक पछि नै रहने देखिन थालेको छ ।

Like & Follow us on Facebook

क्यान्सरको उपचारमा होम्योपैथीक सवैभन्दा ठूलो औषधि सावित भएको छ । चाहे सर्पले टोकेको किन नहोस् वा कुकुरले टोकेको किन नहोस् होम्योपैथीकमा सफल उपचार छ तर पनि यसले राम्रो स्थान लिन सकेको छैन । कुनै पनि पाकेको घाउ विना एन्टिवायोटिक होम्योपैथीक औषधिले सुकाउदछ । हानेमानको सिद्धान्त अनुसार एउटा औषधि मात्र चलाउने थियो तर समय परिवर्तन भयो र २,३ वटा औषधि मिलाएर औषधि सेवन गर्ने तरिका आयो । अब यसलाई अझ विकास गर्दै लक्षण होइन रोगको आधारमा औषधि चलाउनाले यसको विकास अझ बढ्ने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!