ज्योतिषशास्त्र

शनि र राहुको सम्वन्ध

शनि मकर र कुम्भ राशीको स्वामी हो । राहु छाँया ग्रह हो । शनिको सम्बन्ध कम्मर मुनिको खुट्टाको क्षेत्रमा र हड्डीमा हुन्छ, राहुले पेट र पाचनप्रणालीमा आफ्नो प्रभाव देखाउँछ । त्यसैले शनि र राहुको एतै एउटई राशीमा उपस्थिति हुँदा मनुष्यमा तिनको लग्न कुण्डलीको प्रभाव बमोजिम यी क्षेत्रसँग सम्बद्ध रोगले असाध्यै सताउँछ । जन्म कुण्डलीमा अन्य शुभ योगको अभाव हुँदा धेरैको मृत्युको सिकार पनि हुनुपर्ने हुन्छ । राज्यमा शनिको सम्बन्ध श्रमिक, मजदूर, किसान र निमुखा जनतासँग हुने गर्दछ । शनि र राहुको सामिप्य बढ्दै जाँदा यी वर्ग आन्दोलित भई शासकहरूलाई सम्हाल्न गाह्रो पनि हुन्छ । यस्तो संयोग प्राप्त हुँदा जनविरोधी र तानाशाह शासकहरूले सत्ता छाडी रातारात भाग्नुपर्ने स्थिति पनि आउँछ ।

यो पनि पढ्नुहोस् 

शनिबार यी चीजहरु नखाँदा राम्रो

यस्तो छ शनिबार व्रतकथा

यस्तो छ शनिबार व्रतविधि

यी ९ संकेतहरु भएमा तपाईलाई शनि दोषको प्रभाव परेको छ

शनिबार जन्मेका मानिसको भविष्य र आचरण

शनि र राहुमा समानता

१. शनि र राहु दुबै ग्रहलाई कार्मिक ग्रह मानिन्छ । कार्मिक शब्दको अर्थ कर्म अनुरूप फल प्रदान गर्ने हो । नौवटै ग्रहमा शनिलाई दण्डनायक मान्ने गरिन्छ। त्यसैले यस ग्रहको पूर्वजन्म र वर्तमान जन्ममा आर्जित गरेको कर्ममुताबिक सजाय र पुरस्कार शनिको महादशा कालमा प्राप्त हुने विश्वास ज्योतिषशास्त्रीहरूको छ । राहुले पनि शनि जसरी नै सञ्चित कर्म अनुसारको राम्रो वा नराम्रो फल दिने काम गर्दछ ।

२. शनि र राहु दुबै ग्रहले दु:ख, कष्ट, रोग र आर्थिक कठिनाई सिर्जना गर्दछन् । तर जन्म पत्रिकामा यी दुबै ग्रह शुभ अवस्थितिमा भएमा यी दुई ग्रहले प्रदान गरेको फलसँग ठूलो भन्दा ठूलो राजयोगको फलको समेत तुलना गर्न सकिंदैन । यी दुबै ग्रहले जातकलाई प्रखर बुद्धि, चतुर्याइँ, प्राविधिक शीप र योग्यता प्रदान गरेर धन र वैभवले परिपूर्ण बनाइदिन्छ । उच्च पद, मान-सम्मान र प्रतिष्ठा प्रदान गर्ने कारकत्व पनि यी दुबै ग्रहमा विद्यमान छ ।

Like & Follow us on Facebook

शनि र राहुमा भिन्नता

१. शनिको भौतिक अस्तित्व छ अर्थात् यो सौर्य परिवारको सदस्य पिण्डका रूपमा आकाशगङ्गामा उपस्थित छ जबकि राहु एउटा काल्पनिक र आभाषीय बिन्दु मात्र हो, यसको कुनै भौतिक अस्तित्व छैन ।

२. राशि चक्रका बाह्रवटा घरमध्ये मकर र कुम्भ यी दुईवटा राशिको स्वामित्व शनि ग्रहले प्राप्त गरेको छ, तर राहु ग्रहको आफ्नो राशी छैन, यद्यपि राहु ग्रह व्यक्तिको कुण्डलीमा जुन राशीमा अवस्थित हुन्छ त्यही घरलाई आफ्नो अधिकार क्षेत्र मान्दछ ।

३. शनि ग्रहको गति मन्द(ढिलो) छ, त्यसैले शनि ग्रहले प्रदान गर्ने वास्तविक फल जीवनको उत्तरार्द्धमा (सामन्यतया ३६ वर्षपछि) त्यो पनि धिमा गतिमा प्राप्त हुन्छ जबकि राहु ग्रहको व्यक्तिको जीवनमा किशोरवय (चञ्चले उमेर) देखि नै प्राप्त हुन थाल्छ । यसले शीघ्र फल प्रदान गर्दछ भने तुरुन्त हरण पनि गरिहाल्छ । यसले एकै पलमा मानिसलाई रोडपतिबाट करोडपति बनाइदिन्छ भने कत्ति मान्छेलाई यसले करोडपतिको स्थितिबाट सडकमा ल्याएर उभ्याएको प्रसङ्ग पनि सुन्न पाइन्छ ।

४. जसको कुण्डलीमा शनिश्चर ग्रह प्रभावशाली हुन्छ त्यसलाई शनिश्चरले इमानदारी र परिश्रम गर्दै जीवनका गोरेटाहरू पहिल्याउने प्रेरणा प्रदान गर्दछन् भने राहु ग्रहले चतुर्याइँ, धूर्तता र सजिला बाटाबाट धन कमाउन उक्साउने गर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!