विचार-विश्‍लेषण

देश सुहाउँदो भेष भनेझैँ यसो गर्दा कसो होला

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

देश सुहाउँदो भेष भनेझैँ यसो गर्दा कसो होला ! रोग लागेर मर्नु भन्दा रोग नै नलागेर मर्नु भन्ने उखान त्यति बेला साबित हुनेछ जतिबेला हामीले आफ्नो स्वास्थ्य समयमा वैद्य या डाक्टरलाई जचाउन सके उपचारमा सहज हुने देखिन्छ । हरेक नेपालीले आफुलाई पायक पर्ने हस्पिटल,क्लिनिकमा गएर यो सेवा लिन सक्नुहुन्छ ।

हामीलाई आइपर्ने खालका वा भनौं हाम्रो सानो लापरबाहीबाट हुनसक्ने रोग जस्तै सुगर, प्रेशर, लो प्रेशर, फ्याटि लिभर, जण्डिस, कोलेस्ट्रोल, मिर्गौलाको जाँच, युरिक एसिड, आर य फ्याक्चर, हेपाटाइटिस, एचआइभी, भि.डि.आर.एल जस्ता परिक्षण गराउन सके भविष्यमा हुने खतराबाट आफुलाई समयमा बचाउन सकिनेछ ।

आज नेपालमा शिक्षाको स्तर निकै माथि नउचालिएको हुनाले पनि जनताले ले के गर्ने भन्ने कुरा नजान्दा दु:खको सामना गर्नुपर्ने भएको छ । नेपालमा स्वास्थ्य क्षेत्रकै कुरा गर्दा चाहे भिडियो एक्सरे होस चाहे औषधि नै किन नहोस सवै अंग्रेजीमा लेखि दिदा कतिपयले सास्ती बेहोर्नुपरेको छ ।

देश सुहाउँदो भेष भनेझैं अन्तर्राष्ट्रिय भाषा स्वदेशमा नभई विदेशमा प्रयोग गर्नुपर्ने हो तर यहाँ हरेक क्षेत्रमा प्रयोग गरेको देखिन्छ । बिकाशील देश र अविकसित देशको अवस्था हेर्ने हो भने बिकाशील देशले आफ्नै भाषा प्रयोग गरेको पाइन्छ भने अविकसित देशले अन्तर्राष्ट्रियको नक्कल गरेको देखिन्छ ।

स्वास्थ्यमा खेलवाड English भाषाले गरेको देखिन्छ । डाक्टरले लेख्ने हरेक पृष्कृप्सनमा नेपाली भाषा लेखेको खण्डमा औषधि प्रयोग गर्नेलाई समेत सहज हुनेथियो तर यसो गरेको पाइदैन । छिमेकी राष्ट्र चाइनाकै कुरा गर्ने हो भने खाटी भाषा नै प्रयोग गरेको हुन्छ । भाषा विदेशी राख्दैमा देश सम्बृद्ध हुने होइन यसले अन्तर्राष्ट्रिय ब्यापार फस्टाउछ भने स्वदेशी सामानले स्थान नपाउन सक्छ ।

आज मैले चाइनिज भाषामा लेखिएको भिडियो र ल्याबको रिपोर्ट देखाउने छु ताकी भाषा आफ्नो नै प्यारो हुनुपर्छ भन्नेतर्फ सबैको ध्यान जान सकोस् । आज हामीले परिवर्तन चाहदैमा केहि हुनेवाला छैन परिवर्तन त माथिदेखि हुनुपर्छ र मात्र हुन्छ । नियम कानुन समान हुनुपर्छ । एउटा आम नागरिकलाई लगाउने कानुन र ठूला अपराधीलाई लाग्ने कानुन समान बनाउन सक्नुपर्छ ।

Chinese Prescription 1

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

मेरो नेपाल गरीव होइन यसलाई हरीप बनाइएको हो ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!