धर्म-सस्कृति

सत्य सावित हुँदैछन् भगवान कृष्णले गीतामा गरेका भविष्यवाणीहरु

हिन्दू धर्मका पवित्र ग्रन्थहरूमध्ये श्रीमद्भगवद गीता एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । श्रीमद्भगवद गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । हिन्दू धार्मिक अध्येताहरुका अनुसार भगवत गीतालाई सनातन वैदिक (हिन्दु) धर्मको सार मानिन्छ । यसका विचारहरु संसारका सबै मान्छे र सबै कालखण्डमा लागु हुनसक्छन् ।

भागवत गीतामा संस्कृतमा लेखिएका श्लोकले हजारौं वर्षदेखि मानिसलाई सत्य, धर्म र मोक्षको बाटोमा हिडाएको छ । भगवान कृष्ण र अर्जुनवीच महाभारतको युद्धको बखत युद्धभुमीमा भएको संवादलाई राजा धृतराष्ट्रका सारथी संजयले सुनाएका थिए। भागवत गिता पुरै पढ्नेले याद गर्छन् कि यसको अन्त्यमा कलियुगको लागि केही भविष्यवाणी गरिएका छन् । करिब ५००० वर्ष पहिले गरिएका यी भविष्यवाणी अहिले भने सत्य सावित हुँदैछन् ।

भबिष्यवाणी १

धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ। (श्रीमद् भागवत् १२-२-१।)

भबिष्यवाणी २

कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ । (श्रीमद् भागवत् १२-२-२।)

भबिष्यवाणी ३

पुरूष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन् । व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ । पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ । (श्रीमद् भागवत् १२-२-३।)

भबिष्यवाणी ४

व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ । जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ । (श्रीमद् भागवत् १२-२-४।)

भबिष्यवाणी ५

कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ । छल र कपटलाई सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ। (श्रीमद् भागवत् १२-२-५।)

भबिष्यवाणी ६

एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सीमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ । भुडी भर्ने जीवको लक्ष्य हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ । जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ। (श्रीमद् भागवत् १२-२-६।)

भबिष्यवाणी ७

जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ। (श्रीमद् भागवत् १२-२-७।)

भबिष्यवाणी ८

अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन् । खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ । (श्रीमद् भागवत् १२-२-९।)

भबिष्यवाणी ९

मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन् । यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन् । (श्रीमद् भागवत् १२-२-१०।)

भबिष्यवाणी १०

कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ । (श्रीमद् भागवत् १२-२-११।) (यो भने पुरा भएको छैन, तर मानिसको बाँच्ने औसत उमेर भने कम भएको छ।)

भबिष्यवाणी ११

मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन् । (श्रीमद् भागवत् १२-२-१२।)

भबिष्यवाणी १२

कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन् । सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन् । (श्रीमद् भागवत् १२-३-४१।)

भबिष्यवाणी १३

संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाई धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनीहरु सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ । (श्रीमद् भागवत् १२-३-३८।)

भबिष्यवाणी १४

सेवकहरुले उसको मालिकको धन सकिएपछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस् । मालिकले परिवारमा पुस्तौबाट रहदै आएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन् । जब दुध दिन छोड्दछन् तब गाईहरु वेवारिसे छोडिनेछन् वा मारिनेछन् । (श्रीमद् भागवत् १२-३-३६।)

भबिष्यवाणी १५

शहरहरु चोर तथा फटाहहरुले लिनेछन् । वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ । राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन् । पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन् । (श्रीमद् भागवत् १२-३-३२।)

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!