जीवन-दर्शन

श्रीमद्भगवद गीताका १० प्रसिद्ध भनाईहरु

हिन्दू धर्मका पवित्र ग्रन्थहरूमध्ये श्रीमद्भगवद गीता एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । श्रीमद्भगवद गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जीवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्यदेखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडी आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हर व्यक्तिलाई आइपर्ने समस्या हो ।

१. मनलाई वसमा राख्न सकिएन भने यसले स्वयं विरूद्ध शत्रूको व्यावहार गर्दछ ।

२. मनुष्य आफ्नो विश्वसद्वारा निर्माण हुन्छ । ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।

३. नरकका तीन द्वार छ : क्रोध, वासना र लोभ ।

४. हर व्यक्ति जे ऊ चाहन्छ सो पाउन सक्दछ, यदि ऊ विश्वसको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।

५. कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।

६. तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्दछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।

७. केवल मन मात्र कसैको मित्रु वा शत्रू हुन्छ ।

८. शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा न बाहिर नै शान्ति छ ।

९. क्रोधद्वारा भ्रम पैदा हुन्छ । भ्रम द्वारा बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भय तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

१०. यस संसारमा न त केही हराउदछ न त व्यर्थ नै हुन्छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

भगवान् कृष्णले किन मथुरा छोड्नु भयो भन्ने बारेमा एक किवदन्ती

केटीले तपाईंलाई मन पराएको थाहा पाउने लक्षणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!