ज्योतिषशास्त्र

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी ठिक ?

ज्योतिषशास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंक मिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी ठिक ? भन्ने तल प्रस्तुत गरिएको छ ।

के हो मुलाङ्क ?

कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाईको मुलाङ्क १ हो तर ११ गते हो भने १+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १+४= ५ हुन्छ ।

१. ९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ । तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ ।

२. यदि केटाको मुलाङ्क २ छ भने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।

३. जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।

४. जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो ।

५. जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ ।

६. जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।
मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।

७. ८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ ।

८. जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राख्नुहुँदैन ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई गर्छन् अत्यन्तै माया

श्रीमान र श्रीमती वीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

श्रीमान र श्रीमती वीचका शंका हटाउने उपायहरु

श्रीमान र श्रीमती टाढा बस्नुपर्ने दिनहरु

श्रीमतीलाई खुशी बनाउने २५ टिप्सहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!