विज्ञान जिज्ञासा

डीएनए परीक्षण कहाँ गर्न सकिएला र कति खर्च लाग्ला ?

सन् २००५ मा नेपालमा शुरु भएको डीएनए परीक्षण गर्न ८ हजार रुपैयाँ तिर्नुपर्छ । सधैं तनाव र यातना सहनुभन्दा कि वार कि  पार भएकै राम्रोभन्ने मनसायले गर्दा यो परिक्षण गर्न तयार हुन्छन । परीक्षणबाट सधैं दुःखद् परिणाम मात्र आएका छैनन् । डीएनए परीक्षणले सकारात्मक परिणाम पनि ल्याएको छ । विवाहपश्चात् बाबुसँग डीएनए मिलेन भने गर्भ रहेको अवस्थामा स्वीकारेको हुनसक्छ । डीएनए परीक्षण गराउन सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत तथा प्रहरी कार्यालयमार्फत मुद्दाहरू आउने गरेका छन् ।

स्वतस्फूर्त रूपमा आफैं पनि खुमलटारस्थित  राष्ट्रिय विधि विज्ञान प्रयोशालामा गएर परीक्षण गराउन सकिन्छ । यसो गर्दा बाबु, आमा र सन्तान तीनै पक्ष आउनुपर्छ । डीएनए परीक्षणको सन्दर्भमा थप जानकारीका लागि राष्ट्रिय बिधि  बिज्ञानप्रयोगशालामा सम्पर्क गर्न सकिन्छ। डीएनएको कस्तो किसिमको परीक्षण गरिने हो खर्च त्यसमा पनि फरक पर्न सक्छ । त्यसबाहेक डीएनए नमुना विदेशमा पठाई डीएनए परीक्षण गराउन सकिने स्थिति पनि छ । यसका लागि कतिपय संस्थाले सेवा प्रदान गर्छन् भने तिनका सेवा शुल्क अनि खर्च पनि फरक-फरक हुनसक्छ ।

यो पनि पढ्नुहोस्  

विधि विज्ञानमा डीएनए इकाईमा के के को परीक्षण गरिन्छ ?

डीएनए जाँच के-कस्ता कुरामा गर्न सकिन्छ ? किन परीक्षण गराउने गर्छन ?

DNA (डीएनए) भनेको के हो ? यसले कसरी काम गर्छ ?

नेपालमा डीएनएको इतिहास कस्तो रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!