लेखहरुविज्ञान जिज्ञासा

DNA (डीएनए) भनेको के हो ? यसले कसरी काम गर्छ ?

Gopal Bhandari
गोपाल भण्डारी

DNA (डीएनए) को पुरा रुप Deoxyribonucleic Acid (डीअक्सीराइबोन्यूक्लिक एसिड) भनेको सबै जीवहरु र बनास्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजननलगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन । शरीरको संरचना बनाउन यसले महत्त्वपूर्ण  भूमिका खेल्नुका साथै हाम्रो शरीरका अंग-प्रत्यंग आँखा, छाला, कपाल आदिको रंग, आकार, तौलको निर्धारण पनि यसैले गर्छ।

बाबु, आमाबाट छोराछोरीमा पनि डीएनएकै माध्यमबाट गुणहरू  सर्छन् । डीएनए कोषको न्युक्लियसमा रहेको हुन्छ, तर सानो मात्रामा यो माईट्रोकोन्डृयामा पनि पाउन सकिन्छ । डिएनए नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ । यसमा adenine, guanine, cytosine and thymine अणुहरू डोरीको केही बेरिएको भर्‍याङजस्तै संरचनामा बसेका हुन्छन् । एकातिरको adenine र अर्कातिरको thymine जोडिएको हुन्छ भने एकातिरको guanine र अर्कातिरको cytosine जोडिएको हुन्छ।

रासायनिक डीएनए पहिला सन् १८६९ मै पत्ता लागेतापनि सन् १९४३ सम्म यसको वंशाणुगत गुणमा हुने भूमिकाको बारेमा पुरा जानकारी प्रदर्शन गरिएको थिएन । सन् १९५३ मा जेम्स वाटसन र फ्रान्सिस क्रिक्क नामका वैज्ञानिकहरुले डीएनएको संरचना घुमाउरो भर्र्याङको आकारको डबल-हेलिक्स हुन्छ भनेर निर्धारिण गरे ।लामो अनुसन्धानपछि अहिले यसको व्यावहारिक उपयोगिता डीएनए परिक्षण (DNA Test) निकै प्रचलित पनि हुँदै गएको छ। हालैका दशकमा डीएनए जाँच गर्ने प्रविधिमा उल्लेखनीय प्रगति भएको छ र यस किसिमको परीक्षण थुप्रै किसिमका समस्या सुल्झाउन प्रयोग गर्न सकिन्छ।

यसले कसरी काम गर्छ ?

मानव शरीरमा असंख्य कोष हुन्छन् । प्रत्येक मानिसमा ४६ वटा क्रोमोजोम हुन्छन् । यौनसम्पर्कपछि २३ वटा पुरुष र २३ वटा महिलाको क्रोमोजोम एकै ठाउँमा मिसिन्छ । ती क्रोमोजोमहरु कोषभित्र न्युक्लियसमा हुन्छन् । क्रोमोजोम्स प्रोटिन र डीएनएको एउटा अणुवाट बनेको हुन्छ । एउटा मानिसमा भएका ४६ वटा क्रोमोजोमहरु २३ जोडामा गाँसिएर बसेका हुन्छन् । महिलामा एक्स-एक्स र पुरुषमा एक्स-वाईका रूपमा जोडाहरू बसेका हुन्छन् । कसैबाट जन्मिएको शिशुमा यो प्याटर्न आमा, बुबासँग ठ्याक्क मिले उनीहरूबाटै जन्मिएको हो भन्ने प्रमाणित हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!