अन्तर्राष्ट्रिय समाचारविज्ञानसमाचार

अर्नोल्ड, स्मिथ र विन्टरलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार 

१८ असोज,  काठमाडौं   सन् २०१८ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकहरू फ्रान्सिस् अर्नोल्ड र जर्ज स्मिथ तथा बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टरलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ ।  जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उहाँहरूलाई यो पुरस्कार दिइने भएको हो । उहाँहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाउनु भएको थियो ।

यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ । पुरस्कार पाउनेमध्ये अर्नोल्डले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउनुहुनेछ भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउनुहुनेछ । (एएफपी)

यो पनि पढ्नुहोस् 

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!