विज्ञानसम्पादकीय

वैज्ञानिक कसलाई भनिन्छ ?

Gopal Bhandari
गोपाल भण्डारी

सामान्यतया बिज्ञान तथा प्रविधिको क्षेत्रमा खोज, आविष्कार, अध्ययन अनुसन्धान गर्ने तथा नयाँ धारणा प्रस्तुत गर्ने ब्यक्तीलाई बैज्ञानिक भनिन्छ । नेपालमा विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका सबै व्यक्तिलाई वैज्ञानिक भन्ने चलन भएतापनि विकसित देशमा प्रकृतिका नियमबारे मौलिक अध्ययन र अनुसन्धान गरी त्यसका रहस्य पत्ता लगाएर नयाँ ज्ञानको सिर्जना गर्ने व्यक्तिलाई वैज्ञानिक (Scientist) भन्ने गरिन्छ । बिज्ञान तथा प्रविधि मन्त्रालयद्वारा तयार पारिएको फर्क है फर्क बैज्ञानिक कार्यक्रम संचालन कार्यविधि, २०७३ अनुसार वैज्ञानिक भन्नाले कृषि, इन्जिनियरिङ, चिकित्साशास्त्र, वनविज्ञान लगायत विज्ञान तथा प्रविधिका विविध विषयहरुमा कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेको नेपाली नागरिक सम्झनुपर्छ भनिएको छ । नेपालमा अझसम्म वैज्ञानिकको सर्वमान्य परिभाषा छैन । अध्ययन र अनुसन्धान गरी प्रमाणसहित त्यसको रहस्य र सही कारण पत्ता लगाउन सक्षम व्यक्तिलाई मात्र वैज्ञानिक भन्न सकिन्छ । तसर्थ, विज्ञानमा उच्च शिक्षा हासिल गर्दैमा सबै स्वतः वैज्ञानिक बनिहाल्दैनन् ।

वैज्ञानिक बन्न निरन्तर खोज, अध्ययन-अनुसन्धान गर्नुपर्छ । कुनै मौलिक विषयमा सिद्धान्त प्रतिपादन गरेपछि मात्र वैज्ञानिकको उपाधिद्वारा सम्मान गरिन्छ । तर नेपालमा वैज्ञानिक र प्राविधिक बीच फरक नछुट्याईकन प्राविधिकलाई पनि वैज्ञानिक नै भनिन्छ र विश्वविद्यालयबाट विज्ञानको कुनै पनि विधामा स्नातक गरेकालाई वैज्ञानिक भन्ने चलन छ । वैज्ञानिकले विज्ञानका नयाँ सिद्धान्त प्रतिपादन गर्छ, नयाँ तथ्यको खोज गर्छ त्यसैले ऊ मौलिक हुन्छ । प्राविधिज्ञले त्यस सिद्धान्त वा तथ्यका आधारमा प्रविधिको विकास गर्छ र नयाँ वस्तुको निर्माण गर्छ । तसर्थ वैज्ञानिक र प्राविधिकमा फरक हुन्छ । प्रत्येक बर्ष हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलनमा प्रस्तुत गरिने शोधपत्रको संख्या विगतको बर्षको तुलनामा उल्लेखनीय रुपमा बढ्ने गरेको छ । यद्यपी, नेपालको कुल वैज्ञानिक जनशक्तिको अनुपातमा खोज, अध्ययन तथा अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको संख्या भने एकदम कम छ ।

*गोपाल भण्डारी साईन्स इन्फोटेकका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

गोपाल भण्डारी

गोपाल भण्डारी साईन्स इन्फोटेक तथा नेपालपत्रका अनलाईनका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष हुनहुन्छ ।

Leave a Reply

error: Content is protected !!