मुख्य समाचारसमाचार

यस्तो छ नेपालले प्रक्षेपण गर्ने भू-उपग्रह तालिका

१८ पुस, काठमाडौँ । नेपालले अगामी वैशाख महिनामा आफ्नै स्याटालाइट ‘भू–उपग्रह’ पहिलोपटक उडाउने भएको छ । ‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा आगामी अप्रिलमा भू–उपग्रह उडाउन लागिएको हो। ‘नेपस्याट–१’ नाम दिइएको यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई जिम्मा दिएको थियो ।नेपालले प्रक्षेपण गर्ने भू-उपग्रह तालिका यस्तो छ ।

प्रक्षेपण तालिका

नेपस्याट–१ नाम दिइएको यो भूउपग्रहमा नेपाल र नाष्टको लोगो अंकित स्टिकर टाँसिएको छ । फ्रब्रुअरी १८ मा भू–उपग्रह नाष्टले जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गर्नेछ । वातावरणीय अवस्था हेरेर मध्य अप्रिलदेखि अप्रिलको् अन्तिम् सातासम्ममा स्याटालाइट प्रक्षेपण गर्ने तयारी छ ।

प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीके अमेरिकाले लिएको छ । कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ । स्याटालाइट अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेश्नल स्पेश स्टेसनमा रहेनछ । स्पेश स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरुले पुन: स्याटालाइटको परीक्षण गर्नेछन्।

मेको अन्त्यमा स्पेश स्टेशनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ । त्यसको दुईदेखि ३ तीन दिनपछि तथ्यांकहरु दिन सुरु गर्ने नास्टले जनाएको छ । स्याटालाइट पृथ्वीको भू–मध्ये रेखालाई ९० डिग्रीको कोण बनाएर परिक्रमा गर्नेछ भने भएर पृथ्वीको सतहभन्दा करिब ४ सय किलोमिटर माथि हुनेछ । एक दिनमा यो स्याटेलाइट नेपालमा १० मिनेटसम्म रहने ढकालको भनाइ छ। स्याटालाइटमा ४३७ मेघाहर्ज यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ।

बर्डस कार्यक्रम संयुक्त राष्ट्रसंघको युनेस्कोले भू–उपग्रह नभएका मुलुकहरुलाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रम हो । जापानको क्यूटेकसँग सहकार्य गरी भू–उपग्रह निर्माणका लागि पहलकदमी गरेको छ। नेपाल सरकारले ६ महिनाअघि भू–उपग्रह निर्माणका लागि एक करोड ८२ लाख रुपैयाँ नाष्टमार्फत क्यूटेकलाई तिरेको थियो ।

सन् २०१९ मा नेपालको नेपस्याट–१, श्रीलंकाको राभना–१ र जापानको उगिसू भू–उपग्रह यो कार्यक्रम अन्तर्गत प्रक्षेपण गरिंदैछ । यसअघि अफ्रिकाका घाना, सेनेगल, नाइजेरिया, मंगोलिया र त्यसपछि थाइलेन्ड र भुटानले यो कार्यक्रम अन्तर्गत भू–उपग्रह प्रक्षेपण गरिसकेका छन् । बर्डस कार्यक्रम अन्तर्गत हरेक ‘ब्याच’ मा जापानले पनि आफ्नै भू–उपग्रह पठाउने गरेको छ ।

यो पनि पढ्नुहोस्

नेपालले वैशाखमा आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!