राष्ट्रिय समाचारसमाचार

नेपालको पहिलो भू-उपग्रह प्रक्षेपण आज राति

४ वैशाख, काठमाडौं । मानिस अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालले आज राती आफ्नै स्याटालाइट ‘भू–उपग्रह’ पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गर्दैछ । ‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘नेपस्याट–१’ नाम दिइएको यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई १ करोड ८२ लाख रुपैया दिएको थियो । १० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइट ‘नानो स्याटालाइट’ हो । छोटो समय र कम लागतमा तयार गर्न सकिने भएकाले पहिलो भू-उपग्रहमा ‘नानो स्याटालाइट’ प्राथमिकतामा पर्ने गर्छ । यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ ।

स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ । यसले बादलको बहाव हेरेर मौसमको जानकारी समेत दिनेछ । यो स्याटालाइटको मुख्य काम भनेको ‘इमेजरी डाटा’ संकलन गर्नु रहेको छ । यसलाई ‘टाउन प्लानिङ’ मा पनि प्रयोग गर्न सकिनेछ । यो स्याटालाइटले हिमनदीको अवस्था, हिमतालको विष्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएको स्थानाहरु समेत पत्ता लगाउन सक्नेछ । भू-उपग्रह प्रक्षेपणको अनुभवबाट मुलुकमा भू–उपग्रह सम्बन्धि कानून निर्माणमा सघाउ पुग्ने समेत बताइएको छ ।

Like & Follow us on Facebook

संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भू-उपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट आज राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ । स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटलाइट’ अन्तरिक्षमा पठाउन लागिएको हो । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गर्न सबै तयारी सकिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!