ज्योतिषशास्त्र

हिन्दु धर्मशास्त्र अनुसार कुन बार कपाल काट्दा शुभ र अशुभ

हाम्रो हिन्दु धर्ममा कुन बार के गर्नु हुन्छ र के गर्नु हुदैन भनेर पहिलादेखि मान्दै आई रहेको चलन छ । धर्मशास्त्रमा जीवनका नियमहरु जस्तै कपाल काट्न नहुने दिन समेत उल्लेख छ । हिन्दु धर्मशास्त्रका अनुसार हप्तामा कुन बार कपाल काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ भन्ने कुरा यस प्रकार छ ।

१. आइतबार

आइतबारलाई सूर्यको दिन मानिन्छ । यो दिन कपाल काट्दा धन, बुद्धि र धर्मको नाश हने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।

२. सोमबार

सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ ।

३. मंगलबार

मंगलबार कपाल काट्नु उमेर अर्थात आयुका लागि नोक्सानदायक मानिन्छ । कहिलेकाँहि यसले असामयिक मृत्यु समेत गराउन सक्ने महाभारतमा उल्लेख छ ।

४. बुधबार

नङ वा कपाल काट्न सबैभन्दा राम्रो दिन बुधवार मानिन्छ । यो दिन कपाल वा नङ काट्दा धनधान्य बढ्ने र खुसीयाली आउने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।

५. विहीबार

विहीबार कपाल वा नङ काट्दा धन नास हुने मानिन्छ । यस दिन कपाल काट्दा मान-सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास छ ।

६. शुक्रबार

शुक्रबार शुक्र ग्रहको दिन मानिन्छ । यो सौन्दर्यको प्रतिक मानिन्छ । त्यसैले शुक्रबार पनि कपाल र नङ काट्नु राम्रो दिन हो ।

७. शनिबार

शनिबार कपाल वा नङ काट्न अशुभ मानिन्छ । शनिबार कपाल काट्दा मृत्युभय बढ्ने महाभारतमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् 

शनिवारमा कुन देवी-देवताको पूजा गर्ने ? 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!