स्वास्थ्य

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

मुटुबाट रक्तसञ्चार हुने बेलामा धमनीको भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ । सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।

रक्तचाप विभिन्न कारणले गर्दा सामान्य भन्दा बढि हुनसक्छ । मोटोपना, मुटुको रोग, उच्च कोलेस्ट्रोल, तनाव आदि कारणले गर्दा रक्तचाप उच्च हुन्छ । रक्तचाप उच्च हुनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर नियमित व्यायाम गर्ने र चिल्लो पदार्थ तथा सोडियम लवणको सेवन कम गर्ने हो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

उच्च रक्तचापबाट पिडित भएका मानिसहरूको संख्या दिनानुदिन बढीरहेको छ । यसले गर्दा हृदयघात तथा अन्य समस्याबाट मानिस धेरै पिडित बनिरहेको छ । सामान्य कुराहरु विचार गर्न नसक्दा हृदयघात तथा अन्य मुटु रोगको कारण उच्च रक्तचापले दु:ख दिने गरेको छ । यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू यस प्रकार छन् ।

१. नुनको बढी प्रयोग

शरिरमा आवश्यक पर्ने नुनको मात्रा भन्दा बढी नुन प्रयोग गर्नाले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । नुनमा रहेको सोडियमले रक्तचापलाई बढाउन मद्दत गर्छ । सकेसम्म ठिक्क मात्रामा नुनको प्रयोग गर्नु स्वास्थ्यका लागी फाइदा जनक हुन्छ ।

२. मोटोपन

मानिसको मोटोपनले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । मोटो मानिसको शरिरमा रहने बोसोको मात्राले शरिरका धमनीलाई कसिलो बनाउँछ जसले गर्दा शरिरमा रगतको प्रवाह आफ्नै गतिले हुन पाउँदैन र यसले रक्तचापको सम्भावना निम्त्याउँछ ।

३. रक्सीको प्रयोग

बढी रक्सी पिउने मानिसलाई पनि रक्तचापले चाडै थला पार्न सक्छ ।

४. तनावपूर्ण जीवन

उच्च रक्तचाप बढाउने अर्को कारण हो तनाव । जति धेरै तनाव त्यतिनै उच्च रक्तचापको समस्या हुने गर्छ ।

५. वंशानुगत गुण

मानिसको वंशाणुगत गुणले कारण पनि उच्च रक्तचापको सम्भावना रहन्छ । परिवारमा पहिले देखी नै कोही उच्च रक्तचापको रोगी छ भने नयाँ पुस्तामा पनि सर्ने सम्भावना उत्तिकै हुन्छ ।

६. उमेर

मानिसको उमेरसँगै रक्तचापको सम्भावना पनि बढ्दै जान्छ । जब मानिस बृद्ध अवस्थामा पुग्छ उच्च रक्तचापको जोखीम झन् बढ्न जान्छ । बृद्ध अवस्थामा पुगेका मानिसको धमनीहरूको कडा हुँदै जाँदा उच्च रक्तचापको मात्रालाई बढाउने गर्छ ।

७. लिङ्ग

पुरूषलाई बढी उच्च रक्तचापको खतरा हुन्छ ।

यो पनि पढ्नुहोस्  

रक्सी सेवनका नकारात्मक असरहरु

चक्कर किन लाग्छ ?

मुटुको समस्याबाट कसरी बच्ने ?

मानिसलाई रिंगटा के कारणले लाग्छ ?

रिंगटा किन लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!