हेल्थ टिप्स

शरीरलाई फिट र स्वस्थ राख्न बाधा पुर्याउने ४ अचुक शुत्रहरु

फिट र स्वस्थ शरीर जसलाई पनि मनपर्छ । अव्यवस्थित खानपान र बढ्दो शहरी जीवनशैलीका कारण शरीर मोटाउने गर्छ । एकातिर कैयन मानिसहरु आफ्नो मोटोपनसँग चिन्तित छन् र दुब्लाउन चाहन्छन् । पछिल्लो समयमा विश्वव्यापीरुपमा मोटो पनको समस्या बढ्दै गएको छ । मानिसहरुमा तौल बढ्ने र मोटोपनको समस्या आम भैसक्यो । शरीरलाई फिट र स्वस्थ राख्न बाधा पुर्याउने ४ अचुक शुत्रहरु यस प्रकार छन् ।

१. अनिन्द्रा

यदि तपाइँ बसिरहने गर्नु भएको छ भने त्यो बानी आजैदेखि छोड्नुस् । टिभी वा कम्प्युटरमा लामो समय बस्दा शरीरमा तौल बढ्ने र मोटोपनको समस्या देखिन सक्छ ।

२. मोटोपन

शारीरिक ब्यायाम नगर्दा तौल बढ्ने र मोटोपनको समस्या देखिन सक्छ । मोटोपन घटाउन नियमित रुपमा शारीरिक ब्यायाम गर्नुहोस् । शारीरिक ब्यायाम शारीरिक मात्र होइन मानसिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । सँधै एउटै खाले भन्दा पनि शरीरका विभिन्न अंगहरुलाई स्फुर्त राख्ने अभ्यास गर्नु राम्रो हुन्छ । नियमित अभ्यास फिट रहन मद्धत गर्छ ।

३. फाष्ट फुड

हामी पछिल्लो समयमा फाष्ट फुडमा बढि निर्भर बन्दै गएका छौं । यसले हाम्रो शरीरमा मोटो पन बढाउन भूमिका खेलिरहेको छ । यस्ता खाना जतिबेला मन लाग्यो त्यति नै बेला पाउने हुँदा पनि अत्याधिक सेवनको खतरा हुन्छ । अतः फाष्ट फुडको सेवन कम गर्नुस् ।

४. सोडा पिउन

शक्तिबर्द्धक पेय पदार्थ र सोडाको सेवनले हामीलाई मोटो बनाउँछ । बरु फलफुलको जुस खानु उत्तम हुन्छ । जंकफुड र शक्तिवर्द्धक पेय खान छोडिदिनुस् ।

यो पनि पढ्नुहोस् 

स्लिम बन्न गर्नुपर्ने सामान्य कुराहरु

किन केटाहरु पातली केटी मन पराउँछन् ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!