खानपान

शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ ?

प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । प्रोटिन पाइने खानेकुराहरुमा माछा, मासु, अण्डा, दूध, दही, गेडागुडी आदि पर्दछन । हाम्रो शरीरका सवै अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा यसको भूमिका महत्त्वपूर्ण हुन्छ ।

दाल र गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ तर यस प्रकारको प्रोटिन पचाउन गाह्रो हुने भएकाले तरकारीसँग मिलाएर राम्रोसँग चपाएर खानुपर्छ । अण्डामा हामीलाई चाहिने महत्त्वपूर्ण प्रोटिन हुन्छ । साथै सबै आठ प्रकारका अत्यावश्यक एमिनो एसिड पनि अण्डामा पाइन्छ ।

मांसपेशीको विकास तथा आन्तरिक स्वस्थताले हाम्रो शरीरको ढाँचा तयार पार्छ र यो सब कुरा प्रोटिनमा निर्भर रहन्छ । त्यसैले अत्यावश्यक प्रोटिनको मात्रा शरीरलाई पुगेको छ वा छैन थाहा पाउनु जरुरी छ । प्रोटिनको अभावमा तपार्इंको शारीरिक विकास राम्रोसँग हुँदैन । प्रोटिन अभाव भएको सङ्केत थाहा पाउन सके त्यसको समाधानको उपाय अपनाउन सकिन्छ ।

प्रोटिन प्रोटिन कम हुँदाका लक्षणहरु

१. पातलो रौँ

रौँको मोटाई वंशाणुगत हुने भए पनि प्रोटिनको अभावमा रौँ पातलो हुन्छ । शरीरमा प्रोटिनको कमी हुन जाँदा शरीरले रक्षात्मक उपाय अपनाएर रौँ, नङलाई प्रोटिन आपूर्ति गर्न छाड्छ । यसैकारणले नङ र रौँको स्वास्थ्य बिग्रन्छ । यसैले रौँ र नङको स्वास्थ्य अवस्थाले शरीरमा प्रोटिनको मात्रा दर्साउँछ ।

२. आँखा सुन्निने

प्रोटिनको अभाव भएको अवस्थामा रगतमा प्लाज्मा प्रोटिन कमी हुन्छ । कलेजोले पर्याप्त मात्रामा फलाम तत्व सञ्चय गर्न नसक्दा यसरी प्लाज्मा प्रोटिन कम हुने हो । फलाम तत्वको कमी भएर हेमोग्लोबिनको उत्पादन घट्छ र रक्तअल्पता भएर आँखा सुन्निन्छ ।

३. थकान

प्रोटिन कम हुँदा शरीर थकित हुन्छ किनभने शरीरले पर्याप्त ऊर्जा पाउँदैन । शरीरमा चिनीको मात्रा प्रोटिनको सहयोगमा व्यवस्थित हुन्छ । यसैले प्रोटिनको पर्याप्त मात्रा भएन भने दिमागले राम्रोसँग काम गर्न सक्दैन र थकान महसुस हुन्छ । मांसपेशी क्षय हुनुले प्रोटिनको कमी देखाउँछ । प्रोटिनको अभाव भएमा मांसपेशीको आकार कम हुन थाल्छ ।

३. भोक लाग्नु

प्रोटिनको आभावमा भोक धेरै लाग्छ ।

४. बारम्बार विसन्चो हुनु

स्वस्थ मानिसमा पनि प्रोटिनको आभाव भएको अवस्थामा बारम्बार बिरामी पर्न थाल्छ । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन पर्याप्त मात्रामा प्रोटिन आवश्यक पर्छ । रातो रक्तकोष, सोतो रक्तकोष र एन्टिबडीको आधार प्रोटिन हो । यी सबै पक्षले मिलेर शरीरमा रोगाणु नाश गर्ने काम गर्छन् ।

५. झाडापखाला

झाडापखाला लाग्नु भनेको पाचन प्रणाली बिग्रनु हो । यस अवस्थामा आन्द्राले पोषक तत्व राम्रोसँग अवशोषित गर्न सकेको हुँदैन र शरीरमा प्रोटिनको कमी हुनजान्छ ।

यो पनि पढनुहोस्

किन आवश्यक छ प्रोटिन शरीरलाई ?

चाँडो बुढो हुन नपरोस् भन्नका लागी ध्यान दिनुपर्ने सुत्रहरु

टुसा पलाएका गेडागुडीमा भिटामिन बढी किन हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!