ज्योतिषशास्त्र

शरीरको यी ६ अंगहरु ठूला हुने महिलाहरु हुन्छन् भाग्यमानी

हिन्दु धर्मशास्त्र अनुसार महिलाहरुलाई घरमा लक्ष्मीको रुपमा दर्जा दिईने गरिन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो । कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दु:ख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ । ज्योतिषशास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ । आज हामी तपाईहरुलाई कुन-कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउनेछौ ।

१. घाँटी

शास्त्रका अनुसार लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान -प्रतिष्ठा समेत पाउने अवसर मिल्नेछ ।

२. कान

शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने गर्छन् ।

३. कपाल

ज्योतिषशास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन् ।

४. हात

शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ ।

५. खुट्टा

ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन् ।

६. नाईटो

ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन्।

(एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

भाग्यमानी युवतीका १२ लक्षणहरु

भाग्यमानी मानिससँग हुने ६ कुराहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!