स्वास्थ्य

औषधि रेजिस्टेण्ड किन हुन्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

औषधि रेजिस्टेण्ड किन हुन्छ ? केहि एलोपैथिक औषधिले काम नगरेको अवस्थासंगै आयुर्वेद औषधिले पनि काम नगरेको देखिन थालेको छ । आयुर्वेदिक औषधिको सन्दर्भमा स्वदेशमै कच्चा पदार्थको अभावको कारणले बाहिरबाट जडिबुटी निकासी गर्दा गुणस्तरहिन कच्चा पदार्थको कारणले पनि आयुर्वेदिक औषधिमा यस्तो समस्या देखिएको हुन सक्ने हाम्रो अडकल छ ।

एलोपैथिकको सन्दर्भमा डाक्टरले दिएको डोज पुरा नगर्नाले पनि ड्रग रेजिस्टेन्ड भएका घटना बढी देखिन्छ । औषधि होस वा दबाई लेखे अनुसार नै खानु राम्रो हुन्छ । विगत लामो अनुभवले के सावित गरेको छभने ५/१० बर्ष पहिलेको भन्दा अहिले औषधिको गुणस्तर खस्केको छ । यस्तो हुनुमा व्यापारीकरण भएको ठहर्छ ।

डाक्टरले औषधि लेख्दा जहिले पनि विरामीको अवस्था हेरेर लेखेको हुन्छ, खानुपर्ने मात्रा भन्दा कम भएमा पनि औषधिले काम नगरेको हुन्छ अथवा औषधिको गुणस्तर कम हुनाले पनि काम नगरेको हुन्छ । आजकल कम्पनीको गल्ती डाक्टरमाथि थुपार्ने गरेको देखियो यो नितान्त गलत हो तर यो कुरा सेवाग्राहीले बुझ्न सकेको अवस्था छैन ।

आजकल शास्त्रीय औषधिले भन्दा पेटेन्ट आयुर्वेदिक (हर्वल) औषधिले बजार ओगटेको छ । एलोपैथिक संगसगै बजार ओगट्न सफल भूमिका खेलेको र हरेक डाक्टरले यो औषधि लेख्ने गरेको पाइन्छ । नेपालमा जडिबुटी प्रशस्त हुने हुनाले कृषकलाई जडिबुटी उत्पादनतर्फ ढाल्न सके राम्रो आम्दानी हुने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

औषधि र उपचार गर्दा सबैले बुझ्नुपर्ने महत्वपूर्ण कुरा

एण्टिबायोटिक औषधिबारे जानकारी

औषधि र अपरेशन बिनै मुटु रोगको उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!