राजनीतिराष्ट्रिय समाचार

सीमा नाकामा सुरक्षा कडा बनाइने

१५ मंसिर, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत दोस्रो चरणको चुनाव नजिकिंदै जाँदा देशका बिभिन्न स्थानमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै भारतसँगको सीमा नाकामा सुरक्षा प्रबन्ध थप कडा बनाइएको छ। हिंसाका घटनामा प्रयोग भएका विस्फोटक पदार्थ भारतबाटै नेपाल भित्रिएको पाइए पछि सीमानाकामा कडाइ गरिएको हो।

दोस्रो चरणको निर्वाचन प्रचारप्रसारका क्रममा गराइएका हिंसाका घटनामा एकजना मारिएका छन् भने एकजना उम्मेदवार सहित कयौं घाईते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माका अनुसार “उम्मेदवार सुरक्षा र सम्पूर्ण निर्वाचन सुरक्षाका लागि कटिबद्ध भएर लागेका छौं जिल्लाका सुरक्षा समिति र सुरक्षा निकायलाई त्यसरी व्यवस्था गर्न निर्देशन दिएको छ छिट्टै परिणामा देख्न सकिने गरि नियन्त्रणमा ल्याउछौं।”

निर्वाचन आयोगले चुनावी सुरक्षाबारे सुरक्षा निकायहरुसँग शुक्रवार छलफल गर्दैछ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार पहिलो चरणको निर्वाचन सुरक्षाको समीक्षा गरिने र बढ्दै गएका हिंसाका घटनालाई निस्तेज पारेर ढुक्कले प्रचारप्रसार र मतदान गर्न पाउने वातावरण सृजना गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!