साहित्य-कला

सोंचेर मतदान गरौं !

देवेन्द्र घिमिरे
देवेन्द्र घिमिरे

(१)

हामी मतदाताहरूले सोच्न परेको छ,
देशका लागि कसले के के गरेको छ ?

जनहितमा काम गर्न थाल्दा कसले
पटक पटक सरकार फेरेको छ ?

आफ्ना खेती उधोग टाट पल्टाएर
विदेशी साहु उकास्ने कसले गरेको छ ?

आात्मनिर्भर अर्थतन्त्र परित्याग गरेको
अनुदान ऋण रेमिट्यान्समा भर परेको छ ?

दक्षिणतिरबाट नाकाबन्दी हुँदा नबोली
कसले बिदेशी सामु लम्पसारी गरेको छ

देशमा तेल फलाम निकाल्न कसले
विदेशीको हितमा आनाकानी गरेको छ,

कसले समृद्धि, स्वाभिमानको मुद्दालाई
अहिलेसम्म निरन्तर पछि पारेको छ

सबै नेता उस्तै हुन भन्दै यहाँ देशमा
कसले धमिलो पानीमा माछा मारेको छ

आशा र समृद्धिका सपनाहरू माथि
कसले खिल्लि उडाएर नुनचुक छरेको छ

इतिहासका योगदान उपलब्धिलाई
कसले माउखानेका आँखाले हेरेको छ

देश निर्माण र कठिनाइदेखि टाढिएर
कसले लालबुझक्कडको अर्ति छरेको छ

गरिखाने बहुसंख्यलाई अल्मल्याउदै
कसले बिचौलियाको राज चलाएको छ,

संविधान कार्यान्वयन गर्नबाट पन्छिदै
कसले बिदेश सामु शिर झुकाएको छ
(२)
पटक पटक नाकाबन्द गर्नेको यहाँ
अडानका साथ कसले शेखी झारेको छ

नेपालको संविधान तुहाउन खोज्नेलाई
कसले तार्किक ढंगले र्याख र्याख पारेको छ

आाधारभूत तहका जनतामा कसले
विस्वासको अभिमत आर्जन गरेको छ

मुलुकका आर्थिक क्रान्तिका एजेन्डा
कसले अठोटका साथ अघि सारेको छ

नेपाली लोकेकतान्त्रिक गणतन्त्रलाई
कसले विधिवत पक्ष पोषण गरेको छ

कसले आात्मिक भौतिक स्तर उकास्न
वस्तुपरक विचार र व्यवहार गरेको छ

हामी न्याय र समानताका आकांक्षीहरूले
विश्वासको मत त्यसैलाई दिनु परेको छ !

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!