राजनीति

आत्मनिर्भर भई सरकारले राष्ट्रको विकासमा ध्यान दिनुपर्ने बुँदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

२०७२ सालमा भारतले नाकाबन्दी गरेर नेपालीलाई शिक्षा दिने कोशिश गरेको थियो तर हामीले नाकाबन्दी गरेको भन्दै उसैलाई दोष दिन पछि हटेनौं । यो भारतको कम्जोरी थिएन नेपालीको कमजोरी थियो । मैले बुझे अनुसार कहिलेसम्म छिमेकीको भर पर्छौ केहि गर भन्ने सन्देश दिएको थियो तर हाम्रो बानी अरूले उत्पादन गरेको खाना खाने बानी हट्न सकेन परनिर्भर बनी रहयौ ।

आज शुरुदेखि नै सीमा सुरक्षा दिन सकेका थिएनौ उसले दिएको थियो आज किन आफ्नो भूमिको सुरक्षा गरेनौं भन्दै उदाहरण दिएको हो जस्तो मलाई लाग्छ । मोदीले आफ्नो लागि गरेको होइन यो त उसले आफ्ना राष्ट्र र जनताका लागि गरेको थियो खै नेपाली नेतृत्वले यो राष्ट्रको उत्थान गरेको । बन्द उद्योग खोल्नु पर्ने थियो तर खोलिएन बरू उल्टो भारतकै चाकडीमा जुटेको पाइयो ।

आज नेपाली युवालाई जागिर दिन नसकेको अवस्था छ । पन्चायती व्यवस्था हुँदा नेपाली कामदारको अभावमा विदेशीले काम गरेर पैसा विदेश लग्थे तर आज युवालाई विदेशमा दु:ख पिडा दिन लखटिएको अवस्था छ । गर्न सके नेपालमा के छैन् । खेतीयोग्य जमिन छ तर नहर छैन यदि नहर भईदिएको भए आलु भारतबाट आउने थिएन ।

हिजो मैले केही तरकारी व्यवसायीलाई सोधेको थिए यो तरकारी नेपाली उत्पादन होकी बाहिरबाट ल्याएको यो तरकारी हो तर उहाँले भन्नुभयो ७५% सवै भारतबाट आएको भन्दै हुनुहुन्थ्यो । यहाँ के छैन ? उत्पादन गर्न सके जे पनि उत्पादन गर्न सकिन्छ तर यसतर्फ कसैको ध्यान पुग्न सकेन यो दुर्भाग्य नभएर के हो तर पनि हामी छिमेकीलाई सवै दोष थुपार्छौं के यो गलत होइन ।

मोदी नेपाल आउँदा बिजुली उत्पादन गर म खरिद गर्छु भन्दै १० हजार करोड रुपैया सहयोग गरेको याद आउछ तर त्यो रकम कहाँ पुग्यो थाहा छैन । यहाँ तेल खानी छ, फलाम खानी छ, जलस्रोतले धनी छ तर पनि नेपाल पछि छ आखिर किन हामी लाचार छौं । विलासिता त्यागेर विकासमा ध्यान दिन सके नेपालमा सुन फल्न सक्छ । यो काम जनताले होइन सरकारले गर्नुपर्छ । उद्योग जनताले होइन सरकारले लगाउन सक्नुपर्छ ।

पब्लिकले गरेका थुप्रै उद्योग बन्द भएका छन् । उद्योग राजनीति कारणको शिकार भएको छ । यहाँ मास्ने या सरकारका स्वामित्वमा रहेका उद्योग सवै निजीकरण गरिएका छन् । सरकारले हिजो चलाएको थियो आज किन चलाउन नसक्ने । देश चलाउन जान्ने व्यक्ति शिक्षाले मात्र होइन अनुभवी पनि हुनुपर्छ ।

एउटा गरिबको हातमा १ बोरा पैसा लिएर दिएमा उसले सवैभन्दा पहिले चामल खरिद गर्छ घर बनाउनतर्फ लाग्छ बचेको पैसालाई जग्गामा हाल्छ तर त्यो पैसा आम्दानी मुलक काममा लगाउन सक्दैन तर त्यो पैसा एउटा उद्योगपतिलाई दिएर हेर्नुस् त उसले आयमुलक काममा लगाउछ । आज देशमा ठिक यही कुरा लागू भएको छ । भ्रष्टाचार भएको छ किन नहोस् भ्रष्टाचार सबैले घर बनाउनु छ ,जग्गा जोड्नुछ ।

नेपालीले उत्पादन गरेको तरकारी होस् या अन्य जेसुकै किन नहोस् बजार पाउन सकेको छैन तर विदेशी सामानले बजार ओगटेको छ । उद्योगको लागि ऋण लिन खोजेमा उत्पादनमुलक भन्दै चर्को ब्याज लिने चलन छ । करोडौं लगाएर उद्योग स्थापना भएको हुन्छ तर उत्पादन गरेर बजार पुग्दा सामानको बिक्री भएको हुदैन तर मजदुर युनियन एक बर्ष नपुग्दै लागू गरिएको हुन्छ । कसरी चल्छ यो पाराले देश ।

त्यसैले सरकार हाक्ने अनुभवी हुनुपर्छ । शिक्षाले गर्ने भए सवैभन्दा बढी पिएचडी गरेका व्यक्ति नेपालमा थिए तर केही गर्न सकेको अवस्था छैन । जो बोल्छ उ सरकारमा पुग्छ । जसले सवैभन्दा बढी मान्छे मार्छ उ सरकारमा पुग्छ । जसले चुनावमा सवैभन्दा बढि खर्च गर्न सक्छ उसैले चुनाव जित्छ । देशलाई बनाउन त त्याग र तपस्याको खाँचो छ ।

सरकारले राष्ट्रको विकासमा ध्यान दिनुपर्ने बुँदाहरु

१. पहिलो काम उद्योगमा राजनीतिककरण हटाउनुपर्छ ।
२. बन्द उद्योग खोल्न र नयाँ उद्योगतर्फ सरकारले ध्यान दिन सक्नुपर्छ ।
३. पैसालाई आयमुलक काममा लगाउन सक्नुपर्छ ।
४. सरकारले उद्योगलाई निजीकरण होइन सरकारले उद्योग लगाएर नागरिकलाई जागिर दिने व्यवस्थातर्फ लाग्न सक्नुपर्छ ।
५. सीमा सुरक्षा दिने काममा जुट्नुपर्छ ।
६. अति आवश्यक बस्तु बाहेक सवै छिमेकीबाट ल्याउन बन्द गर्नुपर्छ ।
७. परनिर्भरपनबाट सरकार हट्नुपर्छ र मात्र नागरिकलाई बचाउन सकिन्छ ।
८. हात थाप्ने चलनको अन्त हुनुपर्छ ।
९. खानी उत्खननतर्फ सरकार लाग्न सक्नुपर्छ ।
१०. इन्धन खर्च र ऐयासीबाट सरकारले नागरिकलाई उदाहरण देखाउन सक्नुपर्छ ।

यो पनि पढनुहोस्

लोकतन्त्र र वर्तमान राजनीति

लोकतन्त्र र राजतन्त्रमा के फरक ?

पहिले नागरिक बनौ अनि खबरदारी गरौं

देशमा विकास हुन के आवश्यक छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!