खानपान

स्वास्थ्यको लागि भेली खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

भेली कसले नखाएको होला मत भेली धेरै मन पराउछु । भारतीयहरू भेली र चिउरा धेरै खान्छन् । उनीहरूलाई प्राय: जण्डिस र रगतको कमी हुदैन यसको ठोस कारण हो नियमित भेलीको सेवन । मौसम परिवर्तन भएको छ, यो मौसममा मानिसहरू प्राय: पानीको सेवन कम गर्ने हुन्छन् । हाम्रो शरीरलाई यतिबेला पानीको निकै आवश्यक भएको हुन्छ ।

चिसो मौसममा नियमित थोरै भेली र पानी खाने गर्नाले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । विशेषगरी जाडो मौसमा भेलीको सेवन तपाईको लागि निकै फाइदाजनक हुन्छ । जाडो मौसममा भेलीको सेवन गर्ने गर्नुस भन्ने हाम्रो परामर्श छ । यसरी भेलीको नियमित सेवनले रगत बढ्नुको साथै पानीको कमीलाई समेत यसले पुरा गर्दछ ।

भेलीमा सवै प्रकारको तत्व पाइने भएकाले यो खानाले थुप्रै फाइदाहरू छन् । आजको लेखमा मैले भेली सेवन गर्दा हुन सक्ने फाइदाबारे प्रकाश पार्नेछु । जाडो मौसममा यसको सेवनले शरीरमा तातोपन प्रदान गर्न निकै उपयोगी हुन्छ । यस मौसममा भेलीको प्रतिदिन सेवनले रुघाखोकी र कफको समस्याबाट बचाउँछ ।

भेली खानुका फाइदाहरु

१. भेली म्याग्नेशियमको राम्रो स्रोत हो । भेली खाँदा मांशपेशीहरू, नसा र रक्त वाहिकाको थकानबाट आराम मिल्छ र रगतको कमीलाई पुरा गर्न पनि यो निकै राम्रो स्रोत हो ।

२. जाडो मौसममा भेलीको सेवन गर्नाले शरीरमा तातोपन प्रदान गर्न निकै उपयोगी हुन्छ । यस मौसममा भेलीको प्रतिदिन सेवनले रुघाखोकी र कफको समस्याबाट बचाउँछ ।

३. चिसो मौसममा सामान्यतया रक्तसंचार निकै कम हुन्छ । तर भेलीलाई नियमित रूपमा सेवन गर्दा रक्त संचारलाई सन्तुलित बनाई राख्न मद्दत गर्नुको साथै रक्तचापको समस्यामा पनि राम्रो फाइदा हुन्छ ।

४. यी दिनहरूमा फोक्सोमा संक्रमण चाँडो फैलिन्छ । यसबाट बँच्नको लागि भेलीको सेवनले निकै मद्दतगार हुन्छ ।

५. पाचन सम्बन्धि समस्याहरूको उपचारमा पनि भेलीको सेवन निकै लाभकारी हुन्छ । खाना खाई सकेपछि थोरै भेलीको सेवन गर्दा पाचन प्रक्रियामा सुधार आउँछ ।

६. रगतको कमि हुनेलाई नियमित भेलीको सेवन गर्नु धेरै फाइदा पुग्दछ ।

७. जण्डिसका रोगीले थोरै भेलीसंग पानी सेवन गर्नाले यो रोग चाँडो निको हुन्छ ।

८. सुगरका रोगीले भने भेली खानु हुदैन ।

९. बाहिर जाँदा धुलोका कणहरू नाक र मुखबाट भित्र पस्ने हुनाले नियमित भेली पानीसंग सेवन गर्नाले सफा गर्ने काम यसले गर्दछ ।

१०. दैनिक नियमित मनतातो दूध र भेलीको सेवनले शरीरबाट बेकार चीज बाहिर निस्किन्छ । जसबाट तपाई निरोगी बन्नुहुन्छ ।

११. तातो दूधको साथ भेलीको सेवनले महिनावारीको अवधिमा हुने दुखाईबाट आराम दिलाउन सक्छ ।

१२. तातो दूध र भेलीको सेवनले छाला नरम हुनुको साथ-साथै छाला सम्बन्धि समस्या हल हुन्छ ।

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

स्वास्थ्यको लागि इमली खानुका फाइदाहरु

ताजा र हरियो सागसब्जी खानुका फाइदाहरु

यस्ता छन् भट्मास खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!