विज्ञान जिज्ञासासूचना प्रविधि

वाइम्याक्स (WiMAX) भनेको के हो ?

वाइम्याक्स (WiMAX-Worldwide Interoperability for Microwave Access) एक ताररहित सञ्चारको सुविधा वा माध्यम हो, जसले एक सेकेन्डमा ३० देखि ४० मेगाबिट डाटा ट्रान्सफर गर्न सक्दछ । वाइम्याक्स फोरम अपडेट गरेपछि यसबाट करीब १ जीबीको डाटा रेट पाउन सकिन्छ । वाइम्याक्सद्वारा सृजित उपकरण्हरू प्रयोग गरेपछि कुनै पनि ठाउँमा कुनै पनि समयमा द्रुत गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । वाइम्याक्स सृजित उपकरणहरूमा ल्यापटप, मोबाइल, गेम डिभाइस आदि पर्छन् । साधारण अर्थमा भन्नुपर्दा वाइम्याक्स उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउन प्रयोग गरिने ताररहित प्रविधि हो । अझ हामी सबैले बुझेको भाषामा भन्नुपर्दा वाइम्याक्स झन्डै वाइफाईजस्तै हो । तर, यसले ओगट्ने क्षेत्र ३० मीटरदेखि ५० किलोमीटर  भनेको वाइफाईभन्दा बढी हुन्छ ।

सर्वसाधारणले वाइम्याक्स चलाउनका लागि प्रयोग गर्ने युएसबी डिभाइसले २ किलोमिटरसम्म टाढाको सिग्नल टिप्छ। जसबाट राम्रो गतिमा इन्टरनेट चलाउन सकिन्छ।यो प्रविधिद्वारा ब्रोडब्यान्ड मोबाइल इन्टरनेट दिन सकिन्छ । डाटा आदानप्रदानमा वाइफाईजस्तै तरिका अपनाउने वाइम्याक्सले एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रेडियो सिग्नल पठाउँछ । उच्चगतिको वाइफाईले ५४ एमबिपिएस डाटा रेट समर्थन गर्न सक्छ भने वाइम्याक्सले ७० एमबिपिएससम्मको स्पिडलाई धान्न सक्छ ।उच्च गुणस्तरको इन्टरनेट सेवा उपलब्ध गराउने प्रण गरेको नेपाल टेलिकमले वाइम्याक्स जडान गर्न इक्छुक ग्राहकहरूमा आफ्ना दक्ष प्राविधिकहरू पठाई जडान गर्दछ । राउटरको प्रयोग गरी एकै ठाउँमा वा एकभन्दा बढी उपकरणहरूमा एकैसाथ इन्टरनेट प्रयोग गर्न सकिने यो प्रविधि अबको समयमा निकै लाभदायक हुन सक्छ ।

वाइम्याक्स प्रविधि चलाउनलाई केही उपाय अपनाउनुपर्ने जरुरी हुन्छ । यसअनुसार वाइम्याक्स उपलब्ध गराउने आइएसपीहरूले ठाउँठाउँमा बेस स्टेशन राखेका हुन्छन् । यसैगरी वाइम्याक्स प्रयोग गर्ने घरमा आफ्नो कम्प्युटर अपग्रेड गर्नुपर्ने हुन्छ । यो प्रविधिमा आइएसपीले दिएको सुरक्षित कोडद्वारा बेस स्टेशनसँग जोडिन्छ । बेस स्टेशनले प्रयोगकर्ताको कम्प्युटरमा डाटा पठाउँछ । वाइम्याक्सको प्रयोग गरेर यसरी नै डाटाको साटासाट तथा इन्टरनेटको प्रयोग गरिन्छ । वाइम्याक्सका केही फाइदाहरूमा ठूलो क्षेत्रफल ओगट्नु, धेरै किसिमका उपकरणहरू सपोर्ट गर्नु, फोरजी डिभाइसहरूमा थोरै बजेटमा उच्चगतिको इन्टरनेट प्रयोग गर्न दिनु, एलटिई प्रविधिको उपयोग गर्नु पर्छन् । यस सेवामा नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा कम्तीमा २५६ किलोविट प्रतिसेकेन्ड र शहरी क्षेत्रमा १ एबिपिएस डाटाको ग्यारेन्टी गरेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!