विज्ञान जिज्ञासासूचना प्रविधि

वेब होस्टिङ (Web Hosting) भनेको के हो ?

सामान्य अर्थमा भन्ने हो भने होस्टिङ भनेको इन्टरनेटको ढुकुटी हो । अनलाइनमा लेख्दा, फोटो पोस्ट गर्दा, भिडियो राख्दा ती सब कहाँ बस्छन् ? भन्ने खुल्दुली हामीलाई लाग्न सक्छ । यी सव कुराहरु राख्नका लागि इन्टरनेटमा किनिने ठाँउ या स्पेस नै वेब होस्टिङ सेवा हो । यसलाई हामी सजिलो भाषामा होस्ट गर्ने वा होस्टिङ भन्दछौँ । होस्टिङ बेच्ने धेरै कम्पनीहरु छन् । तपाईले आफ्नो आवश्यकताका आधारमा छानी छानी होस्टिङ किन्न सक्नुहुनेछ । होस्टिङ एमबि (MB), जिबि (GB), टिबि(TB) आदिमा नापिन्छ । यसरी यति स्पेस भनेर किनिने होस्टिङ लिमिटेड होस्टिङ स्पेस हो । तर सस्तो मुल्यमा अनलिमिटेड होस्टिङ स्पेस दिने कम्पनीहरु पनि छन् । सित्तैको होस्टिङमा हुने खराबी र कमजोरीका कारणले गर्दा हामीले वेब होस्टिंगको किन्नुपर्दछ ।

वर्डप्रेस र ब्लगस्पटले सामान्य ब्लग चलाउँनका लागि राम्रो सुविधा दिएका छन् । तर तपाईले यीनीहरुबाट ब्लग चलाउँदा आफ्नो ब्लगको नाममा यिनीहरुको नाम पनि जोड्नुपर्ने हुन्छ ।  सित्तैमा पाइने यस्ता ब्लगहरु तपाईले चाहे जस्तो बनाउँन सक्नुहुन्न । उनीहरुले तोकेको निश्चित परिधिमा भने तपाई बाँधिनुपर्ने हुन्छ । यसका अतिरिक्त तपाईले लेखेको र पोस्ट गरेका कुराहरु सँधै तपाईको नहुन सक्छन् । तपाईले थाहै नपाई ती कन्टेन्टहरु डिलिट गरिएको हुन सक्छ । तपाईको पुरै ब्लग डिलिट गर्ने अधिकार पनि उनीहरुमा हुन्छ । जम्मा यति एमबि कन्टेन्ट राख्न पाउँने वा यतिवटा फाइलमात्र राख्न पाउँने, ब्यान्डविथ यति जस्ता कुराले तपाईलाई खुलेर त्यसको प्रयोग गर्न दिदैन । कम ब्यान्डविथ भयो र तपाईको साइट धेरैले हेर्न थाले भने not found भन्न थालिहाल्छ । यसका अतिरिक्त तपाईले लेखेको र पोस्ट गरेका कुराहरु सँधै तपाईको नहुन सक्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!