विज्ञान जिज्ञासासूचना प्रविधि

के हो स्मार्ट कार्ड ड्राइभिङ लाइसेन्स (Smart Card Driving License) ?

आजभोली नेपालमा स्मार्ट ड्राइभिङ लाइसेन्सको धेरै चर्चा-परिचर्चापनि चल्न थालेको छ । स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । जुन पोलिकार्बोनेटबाट बनेकोले आगो र पानीले कुनै हानि पुर्‍याउन नसक्ने हुनाले टिकाउ, मजबुत र बोक्न सजिलो पनि छ । बैंकको एटीएमजस्तै हुने कार्डको बीचमा मोबाइलको सिमजस्तो सम्पूर्ण सूचना रहने चिप्स हुन्छ । यसमा देखिनेगरी चालकसँग सम्वन्धीत फोटोसहितका विवरणहरु राखिएका हुन्छन् । यसबाहेक यसमा सीमकार्डमा जस्तै धातुको चिप जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्वन्धीत डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई ट्राफिक प्रहरी र विभागका कर्मचारीले ‘स्मार्ट कार्ड रिडर’ प्रयोग गर्नेछन् ।

कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिनेछ । यसमा विभिन्न सेक्युरेटी फिचरहरु पनि हुन्छन् । जसमार्फत विभाग र ट्राफिक प्रहरीले चालक र उसले चलाउने सवारीसम्मका विस्तृत विवरणहरु चाहेको बेला राख्न, झिक्न र हेर्न सक्छ । स्र्माट लाइसेन्सको चिपमा रहने डाटामा चालकको औँठाछाप र बायोमेटि्रक क्याप्चरसहित वास्तविक विवरणहरु पनि राखिनेछ । त्यसैकारण कसैले चोरी भएका वा भेटाएका लाईसेन्स प्रयोग गर्न सक्ने छैन । विद्युतीय प्रविधिको भएको हुनाले फर्जी र नक्कली लाईसेन्सलाई स्र्माट लाइसेन्सले विस्थापित गर्नेछ । स्मार्टकार्ड लागि अनलाइन फारम भर्ने व्यवस्था भएकाले यातायात कार्यालयमा हुने अनियमितता र दलाली संस्कृति पनि हट्न सक्छ ।

स्मार्ट कार्डको प्रक्रिया मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को जस्तै हुनेछ । हस्ताक्षरमा समेत डिजिटल प्रविधि नै अपनाइन्छ । यसमा चालकको परिचयपत्र, सवारी नम्बरलगायत सवारी र चालक दुवैको सम्पूर्ण तथ्यांक हुनेछ । यसको प्रयोगसँगै ब्लु बुक र लाइसेन्स बोकेर हिँडने झन्झट हुने छैन । स्मार्ट कार्डको आयु १० वर्षको हुनेछ । यसका लागि यातायात व्यवस्था कार्यालयमै गएर मतदाता नामावली जस्तै गरी तस्बिर खिचाउनुपर्छ । औंठाछाप र र लेजर प्रविधिबाट हस्ताक्षर गर्नुपर्छ । आफ्ना सबै विवरण चालकले अनलाइनबाटै भर्न सक्छन् । तस्बिर खिचाउन, हस्ताक्षर र औंठाछापका लागि कार्यालयमा पुग्नुपर्नेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!