विज्ञान जिज्ञासासूचना प्रविधि

ई-वेस्टेज व्यवस्थापन ( E-Wastage Management ) भनेको के हो ?

इलेक्ट्रिकल उपकरणहरू र तिनमा रहेका कम्पोनेन्टलाई नचलाई राखेको वा अनावश्यकरूपमै चलाई राखेको अवस्थामा विद्युत् खपत भइरहेको हुन्छ । विद्युतीय उपकरण चलिरहेको तर प्रयोग नभई रहेको अवस्थामा त्यसमा खर्चेको इनर्जी खेर गईरहनुको अवस्थालाई ‘ई वेस्टेज’ भनिन्छ। सामान्य भाषामा यसलाई विद्युतीय फोहोर पनि भनिन्छ । पुनःप्रयोग, रिसाइक्लिङ वा अपडेट गर्ननमिल्ने विद्युतीय उपकरण नै ‘ई-वेस्ट’ हो । यस्ता फोहोर बिजुली तथा विद्युतीय उपकरणको दुरूपयोग वा बेवास्ताबाट उत्पादन भएको देखिन्छ ।

नेपालमा ई-वेस्टेज व्यवस्थापन गर्ने कुनै ठाउँ जुटाउन मुस्किल छ । अहिले नेपालमा मोबाइल तथा इन्टरनेटमा जनताको पहुँच तीव्र हुँदै गएको छ । त्यसकारण पनि यसबाट उत्पादन हुने फोहोर व्यवस्थापनसम्बन्धी नीतिनियम बनाउनु अपरिहार्य भइसकेको छ । अन्य मुलुकले ई-वेस्टेज व्यवस्थापन कसरी गरिरहेका छन्, त्यसको विश्लेषण गर्नु जरुरी छ । त्यसपछि विभिन्न ‘स्टेकहोल्डर’देखि लिएर विद्युतीय उपकरण निर्माता कम्पनी, उपभोक्ता, वितरक, बिक्रेतालगायतसँग छलफल गरी नीतिनियम कार्यान्वयन गर्न शुरु गरिहाल्नुपर्छ । जतिजति विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको छ त्यति नै मात्रामा यसको दुरूपयोग पनि बढेको छ। पुराना मोडलका उपकरण जसलाई कुनै पनि प्रकारले पुनः प्रयोग गर्ने मिल्दैन, तिनलाई त्यतिकै राखिएकै हुन्छ। त्यस्तो अवस्थामा पनि तिनले सिग्नल छोडी नै रहन्छन ।

घरबाट निस्कने फोहोरको जिम्मा त नगरपालिकाले लिन्छ र व्यवस्थित तवरले रिसाइकल पनि गर्छ । तर ई-वेस्टेजलाई कसरी व्यवस्थापन गर्ने र यसको जिम्मा कसले लिने? यसबारे सरकार आजका मितिसम्म मौन छ । ई-वेस्टेजलाई व्यवस्थित गर्नेबारे सरकारले कुनै नीतिनियम तयार पार्न सकेको छैन । अहिले नै ई वेस्टेजले नेपालमा जटिल समस्या निम्त्याएको छैन । तर निकट भविष्यमा यस्तो समस्या पक्कै देखिने छ । त्यसकारण पनि यसबारे आजैदेखि सरकार गम्भीर बन्नु जरुरी छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!