Uncategorizedस्वास्थ्य

औषधिको प्रयोग गर्ने बारेमा डा. राम बहादुर बोहराको सुझाव

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

औषधिको रेजीस्टेण्टको सम्मबन्धमा मलाई एउटा कुरा भन्न मनलाग्यो जब जब औषधि उत्पादनमा क्वालीटि खस्कन्छ त्यहाँ औषधिको रेजीस्टेण्ट देखिन थाल्दछ । म सानै उमेरदेखि औषधिसंग खेल्दै आएको छु जति नयाँ नयाँ औषधि उत्पादन भए त्यही अनुपातमा नयाँ नयाँ रोग सुरु भए औषधिको कारणले उत्पन्न भएका अधिकांश रोगमा त्यस्ता खालका औषधिले काम गर्न छोड्दै गएको अवस्था छ ।

यस्ता खालका औषधिको सेम्पल जम्मा गरेर Lab test गर्नेहो भने कहि न कहि खराब भेटिन सक्छ । आज औषधिमा पनि व्यापारी करण भएको छ । औषधिको अनआवस्यक प्रयोग ले गर्दा मानीस रोगको दलदलमा फस्दैछन् यो नितान्त गलत छ । म विमारी हुदा जस्तो सुकै ज्वोरो आय पनि एमोक्सिसिलिन(Amoxicillin 500mg )को औषधि २ दिन खादा निको हुन्छ म २ दिन भन्दा ज्यादा औषधि कहिलै खायको रेकड छैन ।

कडा कडा खालका औषधि नै समस्या समाधान होइन । एक पटक एकजना ज्वरोले ग्रस्त रोगीको उपचार कडा कडा औषधि खाँदा पनि निको नभएपछि उसलाई हामीले एमोक्सिसिलिन (Amoxicillin ) दिएर निको बनाएका थियौँ सहि मात्रामा यस्ता औषधिले राम्रो काम गरेको छ तर आजकाल नयाँ औषधिको कारण पुराना औषधि लताईएको छ । रोगको सहि पहिचान गरेर उपचार गरिन्छ भने सामान्य खालको औषधिले पनि ठूला ठूला रोग निको बनाउन सक्छ ।

औषधि भन्दा पहिलो प्राथमिकता रोगको सहि निदान हुन आवश्यक छ अन्दाजको भरमा दिएको औषधिले काम नगरेको हुन सक्छ यसैलाई औषधिले काम गरेन भन्ने कतिपयको बिचार देखिन्छ । हामीले आफ्नो परिवारमा आजसम्म कुनैपनि त्यस्ता कडा खालका औषधि नदिकन हामीले सामान्य औषधिबाटै रोग निको बनाएका अनेकौं घटना छन् ।

हामीले आफ्ना विरामीलाई पनि कडा खालको औषधि नदिईकन निको बनाएका छौ । औषधिको बारेमा अघि नै भनि सकेको छु हामीले सानो उदाहरण दिन सक्छौं जस्तै कालो चियामा चियापत्ती कम राख्दा बढी असर नहुने तर दुधको चियामा चियापत्ति ज्यादा राख्ने गर्नाले यसले बढी असर हुने गरेको छ । हिजो आजको प्राक्टिस र पुरानो प्राक्टिसमा धेरै फरक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

औषधि रेजिस्टेण्ड किन हुन्छ ?

एण्टिबायोटिक औषधिबारे जानकारी

औषधि र उपचार गर्दा सबैले बुझ्नुपर्ने महत्वपूर्ण कुरा

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!