खानपान

जान्नुहोस् ! यस्ता छन् काजु खानुका फाइदाहरु

हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने काजुका अनेक गुण छन् ।
स्वास्थ्यवर्द्धक काजु नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुनेमा स्वास्थ्य विज्ञहरूको राय छ । काजु एक प्रकारको मसला हो । काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ ।

काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । आज हामीले हाम्रा पाठकवर्गलाई काजु खानुका केही फाइदाबारे जानकारी गराउँदै छन् । जुन तपाईंको स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छन् ।

यस्ता छन् काजु खानुका फाइदाहरु

१. दिमाग तेजिलो बनाउँछ

काजुमा एक प्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । खाली पेटमा काजु र मह खाँदा मानिसको स्मरणशक्ति वृद्धि हुनुका साथै दिमागलाई तेज बनाउँछ ।

२. थकान हटाउँछ

काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।

३. अनुहार चम्किलो बनाउँछ

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

४. युरिक एसिड हुन दिँदैन

काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

५. रक्तचाप नियन्त्रण गर्छ

काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।

६. कोलेस्टेरोल घटाउँछ

हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।

७. मुटु बलियो बनाउँछ

काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । काजुमा पाइने मोनो स्याचुरेटेड फ्याक्टले मुटु स्वस्थ्य राख्छ ।

८. डायबेटिज नियन्त्रण गर्छ

काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

९. पोषण प्रदान गर्छ

काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

१०.  यौन क्षमतामा वृद्धि

काजु खानाले यौन क्षमतामा वृद्धि गर्छ ।

११.  क्यान्सर हुनबाट जोगाउँछ

यसमा पाइने भिटामिन ई तथा सेलेनियमले क्यान्सर हुनबाट जोगाउँछ ।

यो पनि पढ्नुहोस्

गाजर खानुका यस्ता छन् फाइदै फाइदाहरु

स्वास्थ्यको लागि मूला खानुका फाइदाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!