खानपानहेल्थ टिप्स

गर्मीमा काँक्रो खानुका फाइदाहरु

पानी प्रशस्त पाइने काँक्रो गर्मीमा बढी रुचाइने सलाद हो । गर्मीमा मानिसको शरीरलाई स्वास्थ राख्ना एकदमै जरुरी रहन्छ र यसको लागि खानपिनलाई ध्यान दिनुपर्ने हुन्छ । गर्मीको समयमा काँक्रो निकै नै उपयोगी हुने गर्छ । यसले शरीरलाई शितल बनाउन मद्धत गर्छ । यसमा ९० % पानी हुने भएकाले यसले गर्मीमा हाम्रो शरीरमा पानीको कमी हुन दिदैन । ।

काँक्रो हामी अचार बनाउनको लागि भान्सामा पनि प्रयोग गर्ने गर्छौं । काँक्रोको अचार निकै स्वादिलो हुने गर्छ । काँक्रो हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । यसले हामीलाई विभिन्न प्रकारको रोगहरुबाट बचाउन मद्धत गर्छ । यसमा क्याल्सियम, फोसफोरस, सोडियम तथा म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ । काँक्रोमा भिटामिन ए, बी१, बी ६, सी, डी पोटासियम, फस्फोरस, आयरन आदि प्रचुर मात्रामा पाइन्छ । गर्मीमा काँक्रो खाँदा स्वास्थ्यमा पुर्याउने फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

गुन्द्रुक खानुका फाइदाहरु

फर्सीको मुन्टा खानुका फाइदाहरू

हरियो खुर्सानी खानुका फाइदाहरू

भेण्टा खानुका फाइदाहरू

गोलभेडाका फाइदाहरू

चना र यसका फाइदाहरू

गहुको जमरा र यसको सेवनका फाइदाहरू

अङ्कुरित गेडागुडी खाँदा स्वास्थ्यमा हुने फाइदाहरू

१. पानीको मात्रा कम हुन दिदैन

काँक्रामा पानीको मात्रा धेरै हुन्छ । यसमा ९० प्रतिशत पानी हुन्छ । त्यसैले गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पनि काक्रोको सेवन उपर्युक्त मानिन्छ । यसले गर्दा कब्जियतको समस्या पनि हुदैन ।

२. पाचन प्रणाली राम्रो बनाउँछ

काँक्रोको सेवनले कव्जियत, बायु, एसिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ । जसले गर्दा पाचन प्रणाली राम्रो बनाउँछ ।

३ . मोटोपना कम गर्छ

काक्रोमा टारटरेट एसिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै कांक्रोमा न्यून मात्रामा क्यालोरी हुन्छ भने बाहिरी भागमा हुने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ । जसले तौललाई सन्तुलित बनाउन सहयोग गर्छ ।

४. छाला सुन्दर बनाउँछ

अनुहारको चिल्लोपना हटाउन पनि काँक्रोको प्रयोग फाइदाजनक मानिन्छ । त्यसको लागि काँक्रोलाई मुखमा दल्नुहोस् र पानीले मुख धुनुहोस् । यो प्रक्रिया दोहोर्याउनाले अनुहारको चिल्लोपना त हट्छ नै, अनुहारमा भएका दाग समेत हटाउँछ । अझ काक्रोको पानी हात, मुखमा लगाउनाले हात फुट्ने समस्या समेत हटेर जान्छ ।

५. मधुमेह तथा कोलेस्ट्रोरमा लाभदायक

काँक्रोको सेवनले मधुमेह तथा कोलेस्ट्रोरको मात्रा सामान्य रहन्छ । काँक्रोले इन्सुलिनलाई समेत नियन्त्रणमा राख्छ । साथै काक्रोमा स्टीराल नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोरको मात्रालाई कम गर्दछ ।

६. बुढ्यौली रोक्छ

छाला चाउरिनबाट रोक्ने सौन्दर्य प्रसोधनका सामानमा कांक्रोको प्रयोगलाई प्राथमिकता दिइन्छ । कांक्रोमा छाला चाउरिनबाट रोक्ने तत्व हुने भएकाले यसलाई सिधै पनि प्रयोग गर्न सकिन्छ ।

Like & Follow us on Facebook

७. कपाल लामो बनाउँछ

काक्रोको नियमित सेवनले कपाल बढाउन मद्दत गर्छ । यसमा सिलिकन तथा सल्फरको मात्रा धेरै हुने भएकोले यो कपाल बढाउनमा लाभकारी मानिन्छ ।
काक्रालाई विभिन्नय तरिकाले प्रयोग गर्न सकिन्छ।

८. मुटु स्वास्थ्य

काँक्रामा पाइने पोटासियमले हाम्रो शरीरमा उच्च रक्तचाप हुन दिदैन । यसले रक्तचापलाई नियन्त्रण गर्न मद्धत गर्छ । यसले गर्दा हाम्रो मुटु स्वास्थ्य रहने गर्छ । काँक्रा खाने गरेमा मुटुको समस्याहरु देखिदैन ।

९. मष्तिस्क स्वास्थ्य

काँक्रामा पाइने फिसेटिन नामक तत्वले मष्तिस्कमा देखिने विभिन्न रोगहरुको जोखिमलाई कम गर्छ । साथै बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ ।

१०. श्वास गनाउनबाट मुक्त

सामान्यतया मुखमा भएको ब्याक्टेरियाले श्वास गनाउने गर्छ । कांक्रो लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाउँछ । जसले मुख गनाउने समस्याबाट मुक्ति दिन्छ ।

११. हड्डीलाई बलियो बनाउँछ

कांक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइन्छ । भिटामीन ‘के’ ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसकारण नियमित कांक्रो सेवन गरे हड्डी मजबुद बन्ने चिकित्सकहरूको सुझाब छ ।

१२. क्यान्सरबाट बचाउँछ

काँक्रोको नियमित सेवनले हरेक प्रकारको क्यान्सरबाट जोगाउने दाबी गरिएको छ । यसमा भएको विभिन्न तत्व क्यान्सर प्रतिरोधी भएकाले पनि यस्तो दाबी गरिएको बुझिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!