धर्म-सस्कृतिस्वास्थ्य

तुलसीको महत्व र मानव स्वास्थ्यमा यसको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । आजको दिनको शुभ अवसर पारेर हामीले तुलसीको फाइदा स्वास्थ्यमा कस्तो छ भनेर जानकारी पस्कन गइरहेका छौं ।

तुलसी औषधिय गुणले भरिपूर्ण बनस्पति हो । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आर्युवेदमा तुलसीको खास महत्व छ । त्यसैले तुलसीलाई पूज्ने गर्छौ, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ ।

तुलसी जाडो याममा निकै उपयोगी पाइएको छ । जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या बढी हुने हुनाले यस्तो समएमा तुलसीको सेवन गर्नाले राम्रो फाइदा गर्दछ । यस्ता समस्या देखिएमा तुलसीले औषधीको काम गर्छ ।

यस्ता छन् तुलसीको फाइदाहरु

१. दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसीको सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने राम्रो फाइदा गर्दछ ।

२. टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई ठिक गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो लाभदायक हुन्छ ।

३. जसलाई मुटुसम्बन्धी समस्या छ, उनीहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

४. तुलसीको बोट रोपेको ४०० मिटर वरपरसम्म सुगन्धले विषाक्त ब्याक्टेरिया तथा किटाणु टिक्न नसक्ने वैज्ञानिकहरु बताउँछन् ।

५. मृत्यु शैयामा पुगेकाहरुलाई समेत तुलसीको मोठमा राख्दा उपयुक्त हुने चिकित्सकहरुले सुझाव दिनुलाई चिकित्सा विज्ञानले पनि यसको महत्व रहेको पुष्टि गरेको छ ।

६. तुलसी मिश्रण खाद्यपदार्थ सेवन गर्दा दीर्घजीवन प्राप्त गर्ने पौराणिक शास्त्रहरुमा उल्लेख गरिएको छ ।

७. पर्यावरणीय हिसाबले समेत उच्च कोटीमा रहेको तुलसीको वृक्षले वातावरण सन्तुलनमा विशेष भूमिका निर्वाह गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

तुलसीमा जल चढाउँदा हुने फाइदाहरु

८९ रोग निको पार्ने तुलसीको वैज्ञानिक महत्व

वैज्ञानिक कारण : घरको अगाडि मठमा तुलसी किन रोपिन्छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!