स्वास्थ्य

दादको सफल उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज नेपालमा दादका रोगी हरेक घरमा छन् । दादका हजारौं किसिमको औषधिहरू विभिन्न नामले कम्पनीले ल्यायता पनि औषधिले केहि समय काम गर्ने पुन सुरू हुने गरेका छन् । पैसा गयो तर रोग जान सकेन हरेकको बोलीमा यो सुन्न सकिन्छ ।

आखिर किन दादको उपचार हुन सकेको छैन । यसको ठोस कारण रोगको सहि पहिचान र औषधि हुन नसकेको होकी या औषधि नै बेठिक हो बुझ्न गार्हो भएको छ । दादले नेपालमा माहामारीको रूप लिएको छ ।

चिकित्सकीय भाषामा दादलाई एग्जिमा भनिन्छ । दाद आएपछि छाला बाक्लो हुने, फुस्रिने, चिलाउने र फोका उठ्ने हुन्छ । विशेषगरी यसले गर्मी महिनामा धेरैलाई सताउँछ । आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् ।

शरिरमा एलर्जिकका कारण यस्तो समस्या देखा पर्न सक्छ । शरीरमा हुने रसायन परिवर्तन हुँदा विभिन्न दाद निस्किन्छन् । ती एटोपिक डर्माटाइटिस, स्कोरिक, न्युमुलर र स्टासिस एग्जिमा हुन् । दाद खास गरि फंगसका कारणले हुने गर्दछ । यद्यपि, ती सबै दाद होइनन् । आजको लेखमा दादको गुप्त योग यहाँ पस्कन गइरहेको छु । फाइदा उठाउन नभुल्नुहोला ।

दादको सफल उपचार

१.२० ग्राम जति तारपीनको तेलमा १० ग्राम जति कपुर मिलाएर सिसिमा राख्नुहोस् । आवश्याकताको समयमा कपासमा डुबाएर दाद भएको ठाउमा लगाउनुस दाद निको हुन्छ । हेर्दा वा सुन्दा मामुली लाग्न सक्छ तर यस्ले हजारौं रूपया बराबरको काम गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मुखमा आउने डण्डिफोर र यसको उपचार

पायल्स र यसको उपचार

टाउको दुख्नुका कारण र उपचार

टाउको दुखाईको औषधी र उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!