लेखहरुस्वास्थ्य

स्वस्थ रहौं अरूलाई स्वस्थ रहन आग्रह गरौं

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आज स्वास्थ्य क्षेत्रमा बितिष्णा पैदा हुदैछ । यसको ठोस कारण भनेको शंकालाई लिन सकिन्छ । स्वास्थ्यकर्मीले उपचार सकेसम्म कोसिस गरेको हुन्छ तर गर्दागर्दै गल्ती नहोला भन्न सकिदैन । आजकल सिकाउने बेलामा त्रुटी भएको घटना केहि भएको देखिन्छ । कुनैपनि काम गर्दा डाक्टरको प्रत्यक्ष निगरानीमा काम गर्दा र सिकाउदा ठिक हुने हाम्रो ठहर ।

स्वास्थ्यप्रति हामीले सबैलाई चासो दिन सक्नुपर्नेछ भनेका छौं । स्वास्थ्य हाम्रो गहना हो यसतर्फ सबैको ध्यान जानसके थोरै औषधिले पनि ठूलो रोग निको हुने अवसर प्राप्त हुनेछ । रोग किन लाग्छ भन्ने जनचेतना सबैमा जगाउन सके समग्र नेपालीलाई रोगको दलदलबाट बचाउन सकिने छ । आज जतिपनि रोग लागेको छ सवै लापरबाहीको कारणले गर्दा लागेको छ ।

हामीले खाने तरकारी फलफूल सबैमा विषादि मिसाउनाले हामी रोगको दलदलमा फस्दैछौं यो बुझ्न आवश्यक छ । हजुर तरकारी खरिद गर्दै हुनुहुन्छ भने किराले खाएको तरकारी मात्र खरिद गर्नुस यसमा कम विषादी हुनसक्छ । चाहे जेहोस आफ्नो प्रत्यक्ष निगरानीमा उत्पादन गरेको बस्तु नै स्वास्थ्यका लागि उपयोग ठहर छ ।

आज स्वदेशी उत्पादन कम विदेशी उत्पादन बढी हुनाले पनि नेपाली रोगी भएको देखिन्छ । हामीले आफ्नो स्वास्थ्यको ख्याल मनदेखि गर्नुपर्छ । पब्लिकको स्वास्थ्यमा सरकारले ध्यान दिन आवश्यक छ । विदेशबाट नेपाल भित्रने हरेक वस्तुमा निगरानी बढाउन आवश्यक छ । राष्ट्रको विकास हुनलाई पहिले नागरिक स्वस्थ हुनुपर्छ ।

नेपाली हामी आफै मेहनत गर्न सक्दैनौं अरूको उत्पादनमा हामी रमाउने गर्छौं । जागर चलाउने हो भने हामीले गमलामा पनि तरकारी फलाउन सक्छौं । सानो परिवारलाई १,२ कट्ठा जमिनमा सिचाई राम्रो हुन्छ भने घरमा खाने तरकारी उत्पादन गरेर बेच्न समेत पुग्छ तर अल्छी स्वभावको कारण मानिस बेरोजगार भएको छ । सानोतिनो काम गर्न लाज मान्ने रातारात धनी हुने सपनाका कारण देश पछि परेको देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!