धर्म-सस्कृति

धर्म संस्कृति र यसको महत्व

 

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

धर्म संस्कृतिले एक आपसमा हरेक नेपालीलाई जोड्ने ठूलो भूमिका खेलेको छ । आज हामीले धर्म संस्कृति लत्याउदै छौं यो नितान्त गलत छ । नेपालीहरुको महान् चाड विजया दशैं हामीले विदा गरेका छौं । धर्म संस्कृति हरेकले आ-आफ्नै हिसावले मान्ने गरिन्छ । नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र थियो र आज पनि हरेकले मान्दै आएका छन् यसमा दुईमत छैन ।

शक्तिको विजय निश्चित हुन्छ यसमा दुइमत छैन् जहाँ विश्वास छ त्यहाँ शक्ति अवश्य छ । संस्कृति भनेको जीवन पद्दति हो । परम्परादेखि चलिआएका मूल्यहरूको संग्रह हो । संस्कृति भनेको मानिसले समाजमा बाँच्ने, समूहवद्ध जीवन व्यतित गर्ने प्रबन्धन हो । संस्कार जन्माउने, हुर्काउने र त्यो अनुसार जीवन निर्वाह गर्ने उपक्रम संस्कृति हो ।

अब सवाल उठ्छ कि नेपाली संस्कति भनेको के हो ? नेपाली संस्कृति नेपाल राष्ट्रका विभिन्न भागमा सदियौंदेखि चलिआएका रीतिरिवाज, परम्परा, धर्म, संस्कृति, विभिन्न भाषा, भाषिका, सामुहिक जीवनपद्दति, नाचगान, मनोरञ्जन, लूगाफाटो, खानपिन, उठबस, सुत्नु सबै क्रियाहरू र अर्काे शब्दमा जीवन पद्दति नै संस्कृति हो ।

बिहानपख आमाहरूले तुलसीको विरुवामा पानी चढाउनु, वरपिपलमा पानी दिनु र रात्रीमा दिप विसर्जन गर्नुसम्मका सम्पूर्ण प्रक्रियाहरू संस्कृति अन्तर्गत आउँछ । कुनै पनि देशको धर्म, संस्कृति, परम्परा त्यो देशको प्राण हो, आत्मा हो । जलवायु, भौगोलिक समानता, राजनीतिक व्यवस्थामा समानता एकजस्ता भएपनि एउटा राष्ट्र अर्काे राष्ट्रसँग संस्कृतिको विषयमा मात्रै फरक हुन्छ । अन्यथा सबै देशका चाहना भने एकनासका नै हुन्छन् ।

संस्कृति र धर्म रक्षाको लागि मृत्यु समेत हुने गरेका छन् । त्यो देशको सीमानाभित्र बसोबास गर्ने नागरिकहरूको सांस्कृतिक पक्षलाई सुरक्षित राख्नको लागि अर्थात् राष्ट्रिय पहिचान कायम गर्नको लागि सेनाको व्यवस्था गरिएको हुन्छ । राष्ट्रियताको रक्षा भनेकै स्वधर्म, स्वसंस्कृतिप्रति समर्पण, प्रेमभाव र लगाव हुनु हो । व्यक्तिको विचारधाराजस्तै राष्ट्रको पनि विचारधारा हुन्छ । त्यो विचारधारा संस्कृति नै हो ।

नवोदित अथवा विकासोन्मुख राष्ट्रहरूको संविधानमा कानून र व्यवहारमा धर्म परिवर्तनको व्यवस्था गर्न लगाई युरोपियन युनियन त्यही चर्चको भावनाको प्रतिनिधित्व गर्दै यी देशहरूमा धर्म परिवर्तन गराउँदछ । धर्मलाई उनीहरूले सत्ताको प्रतिक मान्दै आएका छन् । जवकी नेपाली मानसिकता वा हिन्दू मानसिकता भनेको मानवताको हित गर्नु, दया, करुणा, परोपकारी भावना राख्नु, कसैको पनि अहित नचिताउनु नै हुन्छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

जीवनमा नीतिधर्मको आवश्यकता

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!