मुख्य समाचारस्वास्थ्य

त्रिविका पूर्व उपकुलपति प्रा. डा. गोविन्द शर्माको निधन

१ चैत, काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ। त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका प्रा. डा.  शर्माको रसियामा निधन भएको हो । उनी पछिल्लो समय उतै बस्दै आएका थिए ।

डा. शर्मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । तीन वर्षअघि त्यहाँबाट जागिर छाडेपछि उनी रसिया गएका थिए । उनको विवाह रसियन महिलासँग भएको थियो।

शर्माले २०२० सालमा सरकारी छात्रवृतिमा रूसको लेलिनग्राथ कलेजमा एमबिबिएस पढेका थिए। त्यसपछि नेपाल फर्केका उनले वीर अस्पतालमा एक वर्ष काम गरे। अस्पतालमा ६ महिना शल्यक्रिया विभागमा र ६ महिना स्त्रीरोग विभागमा काम गरेपछि उनी एमडिएमएस गर्न पुन: रुस गए । अध्ययन पूरा गरेर नेपाल फर्केका उनी २०५३ देखि तीन वर्षसम्म त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक भए । शर्मा २०५९ सालमा त्रिविको उपकुलपति भएका थिए।

प्रा. डा. शर्मा २०५९ सालमा त्रिविको उपकुलपति भएका थिए । शर्माले चिकित्साशास्त्र अध्ययन संस्थानमा सर्जरी विषयमा लामो समय प्राध्यापन समेत गरेका थिए ।  कलेजो फेल भएपछि उनको २०६८ सालमा भारतमा कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै भान्जी शान्ता दाहालले कलेजो दान गरेकी थिइन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!