Featuredविज्ञान

नाष्टका पूर्व उपकुलपति केदारलाल श्रेष्ठको निधन

काठमाडौँ, मंसिर ११ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का पूर्व उपकुलपति एवं भौतिकशास्त्री प्रा. डा. केदारलाल श्रेष्ठको मंगलबार निधन भएको छ । सन् १९९२ देखि १९९७ सम्म नाष्टका उपकुलपति रहेका उनको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको हो ।

शालिन भाैतिकशास्त्रीकाे छवि बनाएका उनले लामाे समयसम्म त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास्त्र केन्द्रीय विभागमा अध्यापन गरे । साथै उनले सन् १९७४ देखि १९७६ सम्म सो विभागको प्रमुख भएर काम गरेका थिए ।

श्रेष्ठ १९७९ देखि १९८६ सम्म रिकाष्टमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । उनले तत्कालीन रिकाष्टमा ६ वर्ष, नाष्टमा ५ वर्ष र विज्ञान मन्त्रालयको सल्लाहकार भएर समेत काम गरेका थिए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

यो पनि पढ्नुहोस्

नाष्टका पूर्व उपकुलपति केदारलाल श्रेष्ठको निधन

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!