राष्ट्रिय समाचारसमाचार

नाष्टले नियमित पत्रकार सम्मेलन गर्ने

चैत ५, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका खोज, अध्ययन र अनुसन्धानको बारेमा नेपाली जनतालाई जानकारी दिन नियमित पत्रकार सम्मेलन गर्ने भएको छ । हिजो सोमबार नाष्टमा आयोजित पत्रकार सम्मेलनमा नाष्टका नवनियुक्त प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलले महीनाको २ पटक पत्रकारलाई सुचना उपलब्ध गराइने जानकारी दिनुभयो । उक्त कार्यक्रमा नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, सचीव डा. बुद्धि रत्न खड्गी, प्रवर्द्धन महाशाखाकी प्रमुख रमिला राउत श्रेष्ठ, प्रविधि संकायका प्रमुख डा. रबिन्द्र प्रसाद ढकाल, अन्य कर्मचारीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । साथै उहाँले नाष्टले गरेका काम अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन हुने क्रम वृद्धि भएको तथा विभिन्न संस्थाको सहकार्यमा ‘फ्लोरा अफ नेपाल’ एवं ‘नेपाल पिडिया’ शीर्षकका पुस्तक समेत प्रकाशन भइसकेका छन् । नाष्टले आगामी वैशाख ४ गते नेपालको आफ्नै भू-उपग्रह ‘नेपाली स्याट–१’ पनि प्रक्षेपण गर्ने जानकारी यसअघि नै सार्वजनिक गरी सकेको छ ।

उक्त कार्यक्रममा नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठका अनुसार वैज्ञानिक अनुसन्धान र प्रविधि विकासमा नेपालको लगानी कूल ग्राहस्थ उत्पादनको ०.३५ % मात्र रहेको तर अरु मुलुकहरुले जस्तै चीन, भारत, जापानको कुरा गर्दाखेरी हामी भन्दा उनीहरुले तुलनात्मक रुपमा धेरै लगानी गरिरहेका छन् । इनोभेसनको हिसावले हेर्ने हो भने Global Innovation Index (GII) मा चीन १७ औं स्थानमा, भारत ५७ स्थानमा, श्रीलंका ८८ औं स्थानमा छ भने नेपाल १०८ स्थानमा रहेको अवस्थामा आगामी ४ वर्षभित्र श्रीलंकाको हाराहारीमा ल्याउने उहाँले बताउनुभयो । उपकुलपति श्रेष्ठले आफ्नो चारवर्षे कार्यकालभित्र वैज्ञानिक अनुसन्धानलाई विज्ञान समाजका लागि भन्ने मूल नाराको साथ अघि बढाउन विभिन्न योजनाहरु अघि बढाउने जानकारी पनि दिनुभयो ।

उक्त कार्यक्रममा साइन्स इन्फोटेकका प्रधान-सम्पादकले गोपाल भण्डारीले नाष्ट मेडिया फ्रेन्ड्ली हुनुपर्ने सुझाव दिनुभयो । उहाँले अव नाष्टलले नयाँ नीति बनाउँदा विज्ञान तथा प्रविधिलाई प्रवर्द्धन गर्न विज्ञान तथा प्रविधि पत्रकारितालाई प्रोत्साहन र सहयोग गर्ने खालको बनाउन सुझाव दिनुभयो । साथै उहाँले मेडिया (टेलिभिजन, रेडियो, एफएम, दैनिक, साप्तहिक, मासिक र अनलाइन) का संचालकहरु/अध्यक्षहरु र प्रधान-सम्पादकहरु/सम्पादकहरुलाई अलग-अलग निमन्त्रणा गरी मन्त्रालयमा कार्यक्रम गरेर विज्ञान तथा प्रविधिलाई प्रवर्द्धन गर्न हप्तामा न्युनतम एउटा विज्ञान तथा प्रविधि सम्वन्धी रिपोर्ट/समाचार/लेख राख्न आग्रह गर्न पनि सुझाव दिनुभयो ।

साथै प्रधान-सम्पादक भण्डारीले टेलिभिजन, रेडियो, एफएममा विज्ञान तथा प्रविधिको विकासको लागि विज्ञान तथा प्रविधि सम्वन्धित प्राज्ञहरु, प्राध्यापकहरु, बरिष्ठ वैज्ञानिकहरु, पत्रकारहरुलाई सहभागी गराई गहन छलफल, बहस गर्ने ब्यबस्था गर्न राष्ट्रिय मेडियाहरुलाई पनि आग्रह गर्नुभयो । विज्ञान तथा प्रविधि सम्वन्धी अनुसन्धानात्मक मौलिक तथा आधुनिक चलचित्रहरु, डकुमेन्ट्रीहरु, टेलिभिजन कार्यक्रमहरु र टेलिभिजन रिपोर्टहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नाष्टलाई प्रोत्साहन र सहयोग गर्ने नीति बनाउन पनि सुझाव दिनुभयो ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!