खानपान

भिंडे खुर्सानी र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हजुरलाई भिंडे खुर्सानीबारे थाहा होला वा नहोला यसको बारेमा आज मैले केही जानकारी पस्कने जमर्को गर्दैछु । यसलाई शिमला मिर्च पनि भनिन्छ । यसको तरकारी मलाई मन पर्छ । आजकल होटल होस् वा घरमा बढी प्रयोग भएको देखिन्छ । भिंडे खुर्सानीको प्रयोग मानव स्वास्थ्यमा के कस्तो फाइदा हुन सक्छ भन्ने जानकारी हुन सके सबैले फाइदा उठाउने निश्चित छ ।

भिंडे खुर्सानी दमको रोगमा र क्यान्सरको रोगमा प्रयोग हुदै आएको छ । भिंडे खुर्सानीमा भिटामिन सी, भिटामिन ए र कैरोटीन प्रशस्त मात्रामा पाइन्छ । सवैभन्दा रोचक कुरा के छ भने भिंडे खुर्सानीमा क्यालोरी हुदैन भने यसले मानव स्वास्थ्यलाई सवैभन्दा बढी असर गर्ने कोलेस्ट्रोल नबढाएको पाइन्छ ।

यो पनि पढ्नुहोस्

फोलिक एसिड र यसको फाइदाहरु

काजु र यसका फाइदाहरु

कोदो र यसका फाइदाहरु

दही र मोहीका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

मानव स्वास्थ्यमा यो जस्ता अनेकौं औषधि प्राकृतिकले हामीलाई दिएको छ । आज गलत खानपिनका कारण मानिस रोगको दलदलमा फस्दै गएको छ । मानिस सवैभन्दा चेतनशिल प्राणी भएर पनि प्राकृतिकले दिएका यस्ता औषधि खान सकि रहेका छैनौं ।

हामीले सेवन गर्ने हरेक बस्तुमा मिसावट छ । विषादी मिसाएको तरकारी होस वा सुइ लगाएर बढाएको दुध होस् वा डिपो लगाएर बढाएको खसीको मासु होस वा कार्बेट हालेर पकाएको केरा होस् वा बिषादि हालेर उत्पादन गरेको तरकारी किन नहोस् यसले सबैलाई असर गर्न सक्छ ।

केहि बर्ष पहिले म केरा किन्न गाउँमा गएको थिए त्यहाँ मैले कार्बेट राखेर केरा पकाएको पाए र मेरो पहिलो प्रश्न थियो यो पाकेको केरा के हजुर खानुहुन्छ । यो प्रश्नले वहाँ एकछिन मेरो कुरा बुझ्नु भएन होला तर वहाँले यो हालेपछि केरा पाक्छ र यसलाई बजारमा बिक्री गर्न सजिलो हुन्छ भन्नुभयो ।

Like & Follow us on Facebook

पछि मैले पुन: प्रश्न गरे र सोधे मेरो प्रश्नको जवाफमा हो हामी खान्छौ बेच्छौ भन्नुभयो र वहाँले कार्बेट राखेर स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ भन्ने कुरा थाहा नभएको बताउनु भएको थियो । कतिपय कुरा जनचेतनाको अभावमा मानिस रोगको दलदलमा फस्दै गएको यो कुराले पुष्टी गर्दछ । के खाँदा स्वास्थ्यलाई नकरात्मक प्रभाव पर्न सक्छ भन्ने कुरा नजान्नाले मानिस जोखिमको सुचीमा परेको देखिन्छ ।

यस्ता कुराको जानकारी आम जनतालाई हुन आवश्यक छ । यदि सुचना दिदा दिदै अटेर गर्छ भने त्यस्तालाई कारबाही गर्न सक्नुपर्छ र सन्देश नपुग्ने ठाउँमा रेडियो होस् वा सडक नाटकको माध्यमबाट होस् वा पत्रपत्रिकामा प्रकाशित गराएर भएपनि रोक्न सकेमा मानव कल्याण निश्चित छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!