खानपान

फोलिक एसिड र यसको फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फोलिक एसिड गर्भवतीलाई किन आवश्यक छ भन्नेबारे जिज्ञाषा जाग्नु स्वाभाविक हो । फोलिक एसिड दाल, हरियो साग, स्ट्रिङ सेम, पालक, टमाटर, गाजर, काउली आदिमा फोलिक एसिड बढी पाइन्छ ।

रातो रक्त कोशिका र डीएनएको उत्पादन गर्न फोलिक एसिडले राम्रो भुमिका खेलेको छ । फोलिक एसिड निएमित सेवन गराउनाले गर्भवस्थामा गर्भपतनको खतरालाई बचाउन राम्रो भुमिका खेल्दछ ।

यो पनि पढ्नुहोस्

काजु र यसका फाइदाहरु

कोदो र यसका फाइदाहरु

दही र मोहीका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

गर्भमा रहेको बच्चाको मेरूदण्ड बलियो बनाउन र बच्चाको राम्रो बिकास गर्न फोलिक एसिड आवश्यक छ । हुनत फोलिक एसिड सन्तुलित आहारको सेवनले मात्र नपुग्ने भएकाले फोलिक एसिड ट्याबलेटको रूपमा दिन सकिन्छ ।

यो औषधि सरकारले नि:शुल्क बाड्ने गरेको छ । पायक पर्ने ठाउँबाट ल्याएर सेवन गर्न सक्नु हुन्छ । गर्भवस्थामा फोलिक एसिडको कमी भएमा निम्न लक्षण देखिन सक्छ ।

Like & Follow us on Facebook

जस्तै भोक नलाग्नु, कमजोर महसुस हुनु, खूनको कमि, टाउको दुख्ने, मन आतिने, गर्भको विकास कमजोर हुने जस्ता समस्या देखिन सक्छ । यदि यस्ता लक्षण देखिएमा डाक्टरसंग परामर्श लिएर उपचार गर्नुपर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!