स्वास्थ्य

स्वस्थ जीवनको लागि कति र कसरी पानी पिउने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले यो बीचमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ ।

औषत युवालाई पानी कति आवश्यक छ ?

पोषण विज्ञहरुका अनुसार औषत व्यक्तिलाई दैनिक ८ गिलास पानी चाहिन्छ । हामीले सामान्यतया तीन गिलास पानी पिसाबमार्फत् र अन्य दुई गिलास श्वास प्रश्वास तथा पसिनमार्फत खर्च गरेका हुन्छौँ । तसर्थ शरिरबाट गएको पानी पूर्ती गर्न पनि हामीलाई दैनिक सो परिणाममा पानी पिउनु आवश्यक छ । भारतको दी इन्स्टिच्युट अफ मेडिसिनका अनुसार महिलाले दैनिक ९ गिलास र पुरुषले ११ गिलास पानी पिउनुपर्छ ।

पिसाबबाट थाहा हुन्छ पानी नपुगेको

आफ्नो शरीरमा पानी पुगेको छ,छैन भन्नेबारे पिसाबबाट पनि थाहा पाउन सकिन्छ । हलुका पहेँलो रङको पिसाबलाई सामान्य मानिन्छ । यदि पिसाब गाढा पहेँलो या सुनौलो रङको छ भने पानीको मात्रा नपुगेको भनेर बुझ्नु आवश्यक छ ।

यस्तो वेला पर्याप्त मात्रामा पानी सेवन गर्नु राम्रो हुन्छ । तर, कहिलेकाहीँ पिसाबको रङ हेरेर पानी पुगेको नपुगेको पत्ता लगाउन कठिन हुन्छ । भिटामिन बी कम्प्लेक्सजस्ता औषधि सेवन गर्दा पनि पिसाबको रङ गाढा पहेँलो देखिन सक्छ ।

यसका साथै अन्य केही औषधिहरू सेवन गर्दा पिसाबको रङ परिवर्तन हुन्छ । जब हामी धेरै कसरत गर्छोैँ सो समयमा शरीर धेरै तातो हुन्छ । त्यतिवेला तुरुन्त पानी पिउनु राम्रो हुँदैन । यदि पिउनैपर्ने भएमा पनि दुई गिलासभन्दा बढी सकेसम्म नपिउनु नै फाइदाजनक हुन्छ ।

पानी पिउने उपयुक्त समय

बिहान उठ्नेबित्तिकै एक या दुई गिलास पानी पिउनु राम्रो हुन्छ । त्यसपछि खाना खानुभन्दा करिब आधा घन्टाअघि पानी पिउनु उचित हुन्छ । खाना खाएको एक घन्टापछि पानी खाने गर्नुपर्छ । त्यस्तै, खाजा खानुभन्दा आधा घन्टाअघि र खाजा खाएको एक घन्टापछि पनि पानी पिउनुपर्छ । राति पनि खाना खानुभन्दा आधा घन्टाअघि र खाना खाएको एक घन्टापछि पानी पिउनु अत्यन्त फाइदाजनक हुन्छ । खानासँग पानी पिउनु राम्रो हुँदैन ।

पानी पिउनुका फाइदाहरू

जापानमा हरेक बिहान उठेपछि पानी पिउने चलन छ । यसका अलावा वैज्ञानिकहरुले पनि अनुसन्धानबाट पानी स्वास्थ्यका लागि उपयोगी हुन्छ भन्ने प्रमाणित गरिसकेका छन् । जापानको मेडिकल सोसाइटीका अनुसार वाटर ट्रिटमेन्टको सहयोगले पूरानो र गम्भीर रोग पनि ठीक गर्न सकिन्छ । यसका अलावा टाउको दुखाई, शरीर दुख्ने, आर्थराइटिस, मुटुको तेज गति, छारे रोग, ब्रोङकाइटिस, दम, टीबी, मेनिन्जाइटिस, मिर्गौला र पिसाबसंग सम्बन्धी रोगलाई पानीकै माध्यमबाट निको पार्न सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

हाम्रो शरीरलाई पानी किन चाहिन्छ ?

उभिएर किन पानी पिउन हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!