ज्योतिषशास्त्र

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्रका अनुसार सबै १२ राशीका मानिसको स्वभाव अलग अलग हुन्छन् । मानिस अनुसार रुची पनि फरक-फरक नै हुने गर्दछ । साथै राशि अनुसार पनि मानिसहरु फरक शैलीका हुन्छन । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मनपर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मनपर्छ । फरक राशी भएका व्यक्तिहरुले गर्ने यौन ब्यवहार पनि फरक-फरक हुन जान्छ । कुन राशी भएकाको यौन ब्यवहार कस्तो हुन्छ त्यसबारे जानी राखौं ।

१. मेष राशी

यो राशी भएका मानिस लामो समयसम्म यौन सम्बन्ध गर्न मन पराउदैनन । यस्ता मानिस अत्यधिक कामुक हुन्छ र छिट्टै आवेशमा आउने गर्छन् । यो राशिका मानिसहरु कम समयमा धेरै यौन आनन्द लिन मन पराउछन् ।

२. वृष राशी

वृष राशी हुनेहरु चुम्बन गर्न निकै मन पराउछन् । तर यिनीहरु छिट्टै आवेशमा आउदैनन। यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

३. मिथुन राशी

यो राशी भएका मानिस यौन सम्बन्धसंगै प्रेमालाप गरेको मन पराउछन् । मिथुन राशिको स्वामी बुध हो त्यसैले यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीप्रति पनि सचेत हुन्छन् ।

४. कर्कट राशी

कर्कट राशी भएका मानिस भावुक र मानसिक रुपमा संवेदनशील हुने स्वभावका कारण यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरु आफ्नो खुसीलाई बढी प्राथमिक दिन्छन्। साथै यिनीहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमि महसुस गरिरहन्छ ।

५. सिंह राशी

सिंह राशी हुनेहरु आफ्नो भवना सजिलै व्यक्त गर्दैनन् । यिनीहरु स्थिर स्वभावका हुन्छन् र यौन सम्बन्धको समयमा भने निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशको कारण पार्टनरको भावना भने बुझ्दैनन् ।

६. कन्या राशी

कन्या राशी हुनेहरु यौनप्रति निकै रुचि राख्ने भए पनि यौन सम्बन्धको बेला भने लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले छिट्टै प्रेम ब्यक्त गरिहाल्दैनन् । साथै यिनीहरु तर मुडी स्वभाव भने हुन्छन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् ।

७. तुला राशी

तुला राशि भएका मानिसमा यौन सम्बन्ध बढाउने चाहाना धेरै हुन्छ । यिनीहरु आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । र यौन सम्बन्धको समयमा साथीको इच्छा अनुसार तयार हुन्छन् ।

८. वृश्चिक राशि

यो राशी भएका मानिसहरु भित्र सम्भोगको भोक अत्याधिक भएपनि मुडमा बढी भरपर्छ र प्रेममा भावुक हुने गर्दछन् । यिनीहरुको सबैभन्दा राम्रो यौन जीवन वृश्चिक राशिवालाहरुसँग नै बन्छ ।

९. धनु राशी

धनु राशी भएका मानिस जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरु यौन सम्बन्धको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पराउछन् ।

१०. मकर राशी

मकर राशी भएका मानिसलाई प्रेममा विश्वास गर्न लायक मानिन्छ । यिनीहरु प्रेम सम्बन्धमा गम्भीर हुन्छन। यिनीहरु यौनक्रिडाको समयमा चुम्बन गर्न मन पराउछन् ।

११. कुम्भ राशी

कुम्भ राशी भएकाहरु यौन क्रिडाका लागि उत्साहित हुने गर्छन । उनीहरु नया-नया आसन र शैलीबाट यौन सम्बन्ध राख्न मन पराउँछन् । यिनीहरुलाई यौन क्रिडा गरिरहँदा अरु कुरा गरेको पराउँदैनन्। यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिने गर्छन ।

१२. मिन राशी

मिन राशी भएका व्यक्ति आफ्नो पार्टनरको भावना बुझेर यौन सन्तुष्टीमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ । नयाँ-नयाँ आसन र शैलीबाट यौन सम्बन्ध राख्न मन पराउँछन् ।

यो पनि पढ्नुहोस् 

यौन दुर्वलता घटाउने उपायहरु

गर्भावस्था र यौनसम्पर्क

यौन आनन्द प्राप्त गर्ने पाँच चरणहरु

हप्तामा २-३ पटकसम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!